नेपालमा आजमात्र थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

 पब्लिक संवाददाता      शुक्रबार, बैशाख ५, २०७७      0

दोलखा ५ बैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उदयपुरका १२ जना संक्रमित मुस्लिम समुदायका व्यक्तिहरु हुन्  .। उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्ष रहेको छ ।

यस्तै चितवनको क्रमश २७ र ६३ का व्यक्ति रहेका छन् । उनीहरु दुबै जना पुरुष भएको सहप्रवक्ता डा अधिकारीले बताए ।

उनीहरुको विषयमा थप जानकारी लिन कन्ट्रयाक ट्रेसिङको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित क्षेत्रका टोली खटाइसकेको सह प्रवक्ता डा अधिकारीको भनाइ छ ।

यसअघि प्रदेश एकको बिराटनगरमा रहेको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै चिवतनका दुुइजनाको पनि चितवनमै परीक्षण गर्दा पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेशका प्रयोगशालाहरुमा पीसीआर विधिबाटै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि संक्रमण पुष्टि गर्न प्रदेश सरकारले उनीहरुको थ्रोड स्वाबको नमूना केन्द्रीय प्रयोगशालामा पठाएका थिए । केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनीहरुमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले १४ जना संक्रमित थपिएको आधिकारीक रुपमा जानकारी दिएको हो ।

यसअघि नेपालमा १६जना कोरोना संक्रमित रहेको र ती मध्ये एक जना निको भइसकेका छन् भने १५ जना केन्द्र र प्रदेशका विभिन्न अस्पतालमा उपचारत छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अन्य संक्रमितहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *