पब्लिक संवाददाता
शुक्रबार, बैशाख ५, २०७७
0
दोलखा ५ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राजमार्गमा हिँडेर गन्तव्यतर्फ गइरहेका मजदुरहरूको यात्रा सहज बनाउन मातहतलाई आग्रह गरेको छ ।
अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरी घरतर्फ पैदल जाँदै गरेका मजदुरलाई खाने–बस्ने प्रबन्ध मिलाउन तरुण दलका नेता–कार्यकर्ताहरूसँग आग्रह गरेका हुन् ।
“नेपाल तरुण दलका सम्पूर्ण साथीहरूले आ–आप्mनो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गत्तव्यतर्फ गइरहेका मजदुरहरूका लागि ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ,” उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
तरुण दलले मजदुरहरूलाई खान, बस्न र उनीहरूको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग पनि गरेको छ ।
Leave a Reply