१ सय ३ जनाको रयापिड टेस्ट, ९ जनाको पीसीआर परीक्षणमा सबै नेगेटिभ

 पब्लिक संवाददाता      बिहिबार, बैशाख ४, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा, ४ वैशाख । एक सय तीन जनाको रयापिड टेस्ट सबै नेगेटिभ रिपोट आएकोछ । वैदेशिक रोजगारबाट फर्किएकाहरुको रयापिड डायग्नोस्टिक टेस्ट बाट कोरोना परीक्षण र्गा सो रिर्पाट आएको हो ।
दोलखामा ३ सय थान रयापिड डायग्नोस्टिक टेस्ट आरडिटि किट आएपछि विदेशबाट फर्किएकाहरुलाई कोरोना आशंका गरि हालसम्म १ सय १२ जनाको रयापिड टेस्ट र पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
१ सय ३ जनाको रयापिड टेष्ट भइसकेको र ९ जनाको भने पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले रातो गुराँस लाई बताए ।
बिहिबार कालिञ्चोक गाउँपालिकाको वडा नवर १ मा ३० र वडा नम्वर ६ मा १५ जनाको रयापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार कालिञ्चोक गाउँपालिकामा वडन नं २ बाबरेका १४ र लामिडाँडाका ११ जनाको रयापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको झाले जानकारी दिए ।
यता बिहिबारैै भिमेश्वर नगरपालिकाको वडा नम्बर ५ मा १२, वडा नम्बर २ मा ६ र वडा नम्वर १ मा एक जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । बुधकार प्राथमिक स्वास्थ्य केन्द्रमा २ जनाको रयापिड टेष्ट गरिएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ । तामाकोशी गाउँपालिकाका मालु स्वास्थ्य चौकीमा ९ जना र जफे स्वास्थ्य चौकिमा ३ जनाको रयापिड टेष्ट गरिएको मा सबैको रिपोर्ट नेगेटिभ आएको स्झाले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा आएका पाँच जनामा उच्च ज्वरो देखिएपछि कोरोनाको आशंकामा नमुना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइकोमा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । भारतबाट आई लकडाउनको समयमा जिल्ला भित्रिएर सिंगटी क्वारेन्टाईमा बसेका १ जनाको धुलिखेल अस्पतालमा स्वाब परिक्षण गरिएकोमा उनको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *