कुटपिट गर्ने डिएसपी कारवाहीमा

 पब्लिक संवाददाता      बिहिबार, बैशाख ४, २०७७      0

वैशाख ४ : डाक्टरहरुमाथि कुटपिट गर्ने महराजगञ्ज प्रहरी वृत्तका डिएसपी उमेस लम्साल कारवाहीमा परेका छन्। छानविनका लागि प्रहरीले समिति गठन गरेसँगै उनलाई महाराजगञ्जबाट महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तानिएको छ।

बुधबार राति ड्युटी सकेर फर्किँदै गरेका त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका चिकित्सकहरुमाथि डिएसपी लम्सालको नेतृत्वमा रहेको प्रहरी टोलीले कुटपिट गरेको थियो। बिहीबार बिहान नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गरेको थियो।

ड्युटीबाट फर्केका चिकित्सकहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट संघले जनाएको छ। उनीहरुले परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटपिट गरेको चिकित्सक संघले आरोप छ।

यो घटना बाहिर आएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन समिति गठन गरेको हो। महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्यको नेृतत्वमा तीन सदस्य समिति गठन गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए। छानविन समितिको प्रतिवेदन आएपछि के गर्ने भन्ने तय हुने प्रहरी नायब महानिरीक्षक पोखरेलले बताए।

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य छन्। छानविन समिति गठन गरेसँगै महाराजगञ्ज वृत्तका डिएसपी लम्साललाई रानीपोखरी तानिएको प्रहरीले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *