कोभिड १९ पर्दा पछाडिको स्वास्थ्य अवस्था

 पब्लिक संवाददाता      बिहिबार, बैशाख ४, २०७७      0

कोरोना भाइरस विश्वव्यापीमहामारी (२०१९–२०)को शुरुवात एक किसिमको कोरोना भाइरस सार्स कोभ–२) को संक्रमणको रुपमामध्यचीनको वुहानशहरमा २०१९ को मध्यडिसेम्बरभएको थियो । कोरोनाको संक्रमण विश्वभर फैलिनथालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्यआपतकाल घोषण गरेको थियो । विश्व स्वास्थ्य संगठनले यस रोगलाई व्यवपक रुपमा फैलन सक्ने सम्भावनापहिले देखिनै बताएको थियो । चिनयाँनयाँवर्षको आसपासमा यो चीनको वुहानमामहामारीको रुपमा फैलियो ।

कोरोना भाइरसले विश्वव्यापी रुप लिएको छ । बैशाख ३, २०७७ अपरान्ह २ बजे सम्मको यस रोगको २१० देशहरुमा २०,०४८१९ भन्दा बढी संक्रमित, १२६८३० भन्दा बढीको मृत्यू र ४८५३६२ भन्दा बढी निको भएर घर फर्किएका छन् । वर्तमानमा संक्रमितहरुको जम्मा संख्या १३९२६२७मध्येमा मध्यम समस्याभएका ९६ प्रतिशत (१३४१०३१) संक्रमितमध्ये सिकिस्त ४ प्रतिशत (५१५९६) जना रहेका छन् भने निको भएर र्फकनेमा ४८५३६२ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था ः हालसम्मजम्मा १६ जनालाई संक्रमण भएकोमा १ जनानिको भएर फर्किसकेको र जटिल समस्याभएको अवस्था छैन । तर, नेपालमाखुल्ला सीमानाभएका कारण अझै पनिउच्च जोखिमभने बढ्दै गएको अनुमान गर्न सकिन्छ । त्यसकारण यसप्रतितीनै तहको सरकार अत्यन्तै संवेदनशीलभएर कोरोना भाइरस विरुद्ध लड्ने अभियानमा जुटिरहेका छन् । विभिन्न किसिमबाट व्यक्तिगत सुरक्षाकवच (पी.पी.इ.) जुटाउन खरीद, संकलन र वितरण गर्नुका साथै अन्य सहयोगहरु पनिनियमित गरिरहेका छन् । लकडाउन गरिएको छ, आइसुलेसन र्वाड, क्वारेन्टिनको व्यवस्था स्थानीय सरकारले सम्पूर्ण तहमा गरिसकेको छ । यी र यस्ता अत्यन्तै प्रशंसनीयकाम नेपाल सरकारका तीनवटै तहबाट भएका छन् । यसलाई नागरिकले मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् ।

त्यसकारण सबै तहवा सरोकारवालाहरु संवेदनशीलहुँदाहुँदै आगामिदिनमाअन्यस्वास्थ्यमाआउन सक्ने ठूलो चुनौती र स्वास्थ्यको भयावहअवस्थालाई संवेदनशील रुपमालिएर न्याय हेल्थ नेपालको तीनवटै क्षेत्र केन्द्र, जिल्लाहरु र त्यसमापनि सामुदायिक स्वास्थ्यकार्यक्रमलाई कसरी प्रभावकारी बनाएर नेपाल सरकारका तीन वटै तहमा योगदान पु¥याउने भन्ने हेतुले कोरोना भाइरससंग जुध्न नेपाल सरकारले खडा गरेको प्रधानमन्त्री राहततथापुर्नस्थापना कोषमान्याय हेल्थ नेपालमाकार्यरत सम्पूर्ण कर्मचारीहरुले आर्थिक सहयोग गरेर योगदानदिएको छ । यो आर्थिक पक्षभयो भने अर्कोतर्फ संस्थागततवरबाट मात्र नभई विभिन्नव्यक्ति, निकाय, संस्था, चिनेजानेका व्यक्ति, सहयोगीहातहरुसँग सहयोग जुटाएर यो स्वास्थ्य संकटको सामना गर्न अहोरात्रनिश्वार्थ ढंगले न्याय हेल्थ नेपालको सम्पूर्ण टिम खटीरहेको छ ।

तर, आज लकडाउन भएको २२ औं दिनहो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको निर्देशानुसार नियमितप्रदान गरिने सामन्य स्वास्थ्य सेवाहरु बन्द गरिएको छ । यो २२ दिनको लकडाउनको समयमा कोभिड १९ को संक्रमण जोखिम विरुद्ध लडिरहँदाअन्य स्वास्थ्यअवस्थाभने छाँयामा परिसकेको महशुस दीर्घ रोग भएकाहरुले महशुस गरेको कुरा व्यक्त गरेकाछन् । अब स्वास्थ्यअवस्थाभयावहबन्न सक्ने खतरा बढेको छ भन्ने सवालन्याय हेल्थ नेपाल दोलखाले महशुस गरिसकेको छ । यी २२ दिनमाचरिकोट अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्यमाआउन सक्ने भयावहअवस्थाको उच्च जोखिमलाई मध्यनजर गरी नियमितदिइने अन्तरंग सेवाबाहेक नै एकहजार भन्दा बढी मानिसहरुलाई विभिन्नप्रकारका स्वास्थ्य सेवाप्रदान गरिरहेका छन् । यसमामेजर शल्यक्रिया४५ जनालाई,६६जनालाईप्रसुती सेवा,२६जनालाईशल्यक्रियामार्फत हाडजोर्नी सम्बन्धी सेवार६७०आपतकालीन सेवाप्रदान गरिरहेका छन् । यो संगसंगै सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत नम्बर प्लेट टासिएका भिमेष्वोर नगरपालिका, तामाको शीगौपलिका , कालिन्चोक गौपलिका र बैतेशोर गौपलिकाका घरमा फोन बाट सम्पर्क गर्दै बिरामीहरुलाई स्वास्थ्य सेवा समन्धी परामर्श गरिरहेका छन् जसले गर्दा १९ को जानकारीका साथै स्वास्थ्य संस्था मा प्रसुती गराउन मदत गरेको छ।

ओपीडी सेवाबन्दभएका कारण नियमित सेवालिनु पर्ने जस्तै ः उच्च रक्तचापभएका, मधुमेह भएका, गर्भवती, खोप, पोषण, परिवारनियोजन जस्ता महत्वपूर्ण सेवाहरु अवरोध भएका कारण गर्भवतीमहिलाहरु समय नाघेर अस्पताल आउननसकिरहेका छन्, बच्चा पेटमा नै मरेर आउनु परेका दर्दनाक अवस्थापनि छ, पेटदुखेको निको होला भनेर बस्दा एप्पेंडिक्स फुटेर आउने को संख्या धेरै भएको छ,सामान्य चोटपटक भन्दै बस्दा बांगीएको खुट्टा या हात लिएर आउनेहरु पनि छन् । यसरी आउने गरेका सेवाग्राहीलाईचरिकोट अस्पताललेखटिने स्वास्थ्यकर्मी आफैंलाई उच्च जोखिममा राखेरपनि सेवाप्रदान गरिरहेका छन् । त्यसो हुँदाहुँदै पनि सबै सरोकारवालाको ध्यान कोरोना भाईरस तर्फ एकत्रितभइरहँदा समग्र स्वास्थ्यअवस्था नै भयावह र विकरालअवस्थामापुग्ननसक्लाभन्न सकिन्न । जसले, कोरोना भाइरसका कारण भन्दाअन्य कारणले मृत्यू हुनेको संख्या बढ्दै जान सक्छ र अन्यपूर्वाधार विकास निर्माण, उद्योग, व्यवसाय, कृषि, दैनिकजीविकोर्पानका कारणले जस्तै राष्ट्रकै दीगो विकास र लक्ष्यहाँसिल गर्ने कार्यमा स्वास्थ्यमा ठूलो चूनौतीआउन सक्छ ।

त्येशैले, एकातिर कोविड(१९ को महामारी छ र अर्कोतिर अरु स्वास्थ्य समस्याहरु छन्, एस्लाई समग्रमा ब्यालेन्स गर्ने समय आएको छ, सरोकारवाला हरु सबैको ध्यान समयेमै पुगोस ।

 

डा बिनोद दंगाल, एम डी

स्वास्थ्य सेवा निर्देशक

न्याय हेल्थ नेपाल

चरिकोट अस्पताल

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *