२७ जनाको आइडीटी परीक्षण नेगेटिभ, ३ को स्वाव धुलिखेल अस्पताल पठाईयो

 पब्लिक संवाददाता      बुधबार, बैशाख ३, २०७७      0

दोलखा ३ बैशाख । दोलखाको ३ स्थानबाट २७ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई बुधबार आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य इकाइले २७ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिनुभयो ।
सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं. ३ लामिडाँडाको पोखरेमा ११ जना गरी कुल २७ जनाको आरडीटी प्रविधिबाट एण्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जानकारी दिनुभयो ।
भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएको तामाकोशी गाउँपालिकाका एकमहिला र दुई पुरुषको स्वाव परीक्षणको लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उहााले बताउनुभयो । विहिबारसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने सूचना अधिकारी झाले जानकारी दिनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *