दोलखामा काठ तस्करी,कार्वाही गर्ने कस्ले

 पब्लिक संवाददाता      बुधबार, बैशाख ३, २०७७      0

दीपशंकर चौलागाई
दोलखा ३ चैत । कोभिड १९ को कारण मुलुकमा भएको लकडाउण्डको मौका छोपी  जिल्लाका धेरै सरकारी तथा सामुदायिक बनहरुबाट काठ चोरी भएकाछन । हातिछरा बन क्षेत्रमा काठ चोरी गर्नेले खानेपानी पाइप समेत बन्चोले प्रहार गरि क्षति पुराएकाछन ।
सदरमुकाम चरिकोटको लागीहातिछरा नजिकबाट ल्याईएको खानेपानी पाईप समेत क्षति गरि काठ तस्कर हुदा समेत राज्यका सरोकारवालाहरु मौन रहनुले मिलेमतो छ की नागरिकले आशंका गरेको चरिकोट खानेपानी उपभोक्ता समितीका उपाध्यक्ष देबकृष्ण थापाले दाबि गरे ।
भिमेश्वर नगरपालिका क्षेत्र भित्रका बनहरु उजाड हुनलागेको देखी सर्बसाधरण नागरिकले सरोकारवाला सरकारी कार्यालयका कर्मचारीहरुलाई बनफडानी रोक्न र चोरी निकासीमा संलग्नलाई कार्वाही गर्न अपिल समेत गरेकाछन ।
ग्रामिण क्षेत्रमा अहिले केही ध्रुत नागरिहरु कोभिड १९ को कारण मुलुकमा भएको लकडाउण्डको मौका छोपी दिनभर बन गई काठ तस्कर गर्न अहेरात्र लागी परेको उजुरी जिल्ला बनका कर्मचारीलाइ गर्दा समेत बेवस्था गरेको सर्वसाधरणले आरोप लगाएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *