दोलखा ३ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला सनसिटी अपार्टमेन्टमा रहेका बेलायतबाट आएका एकै परिवारका दुईजनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या १६ पुगेको हो ।
बेलायतबाट आएका तीनजनाको ¥यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि पीसीआर टेष्ट भएको थियो ।
त्यसमा पनि दुईजनाको पोजेटिभ आएको छ । कोरोना संक्रमित एकजना ८१ वर्षीया महिला हुन् । उनका ५८ वर्षीय छोरालाई पनि कोरोना संक्रमण देखिएको छ भने ५७ वर्षकी बुहारीलाई भने देखिएको छैन ।संक्रमित १६ जनामध्ये १ जना उपचारपछि घर फर्किइसकेका छन् ।
बाँकी १५ जनाको उपचार भइरहेको छ । त्यसमध्ये टेकु अस्पतालमा २ जना छन् भने पाटनमा २ जना, धौलागिरी अस्पतालमा २ जना, सेती अस्पताल धनगढीमा ५ जना र नारायणी अस्पताल वीरजन्जमा ४ जना उपचारररत छन् ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
Leave a Reply