काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा देखियो दुई जनामा कोरोना पोजेटिभ

 पब्लिक संवाददाता      मङ्लबार, बैशाख २, २०७७      0

काभ्रेमा मंगलबारदेखि गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवा र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो।

उनीहरुको स्वाबको नमुना संकलन गरी  पीसीआर विधीबाट परीक्षण परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बथानचोकका युवा गत चैत ९ गते भारतबाट आएका थिए भने मण्डनदेउपुरका युवा ७ गते दुवईबाट आएका थिए। उनी दुवई बाट आएर २२ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए।

उनीहरु दुबै जनालाई धुलिखेल अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *