दोलखाका ६ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

 पब्लिक संवाददाता      मङ्लबार, बैशाख २, २०७७      0

दुईपटक गरी दोलखा जिल्लाबाट पठाईएको ६ जनाको कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
पहिलोपटक डेढहप्ता अघि ५ जनाको र दोस्रोपटक शुक्रबार एकजनाको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको स्वाब (¥याल)को रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि पठाईएको शंकास्पद पाँचजनाको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो । कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित क्वारेन्टाइनमा रहेका एक पुरुषको शुक्रबार पठाईएको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।

लकडाउनको अवधिमा भारतबाट काठमाडौँ हुँदै जिल्ला आएर क्वारेन्टाइनमा बसेका ति पुरुषको स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल पठाईएको रिपोर्ट नेगेटिभ आएको झाले जानकारी दिए । ती व्यक्तिमा कोरोनाको लक्षण देखिएर नभई ट्राभल हिस्ट्री भएका कारण मात्रै स्वाब परिक्षणका लागि पठाईएको प्रमुख झाले बताए ।

ट्राभल हिस्ट्री भएका सहित लकडाउनमा आएका २३ जनालाई एकहप्तादेखि कालिञ्चोक गाउँपालिकाको सिंगटीमा क्वारेन्टाईनमा राखिएको छ । जिल्लामा ज्वरो, रुघाखोकीका नगन्य विरामी देखिए पनि थप शंकास्पद विरामी नभएको स्वास्थ्य प्रमुख झाले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *