पब्लिक संवाददाता
आइतवार, चैत्र ३०, २०७६
0
वीरगञ्जको एक मस्जिदमा भेटिएका तीन भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि अरु सम्भावित संक्रमितको खोजी थालिएको छ। वीरगञ्ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा रहेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना भारतीयमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका३७, ५५ र ४४ वर्षका तीनै जना पुरुष भारतीय हुन्। उनीहरूलाई कोभिड-१९ शंका लागी नारायणी अस्पताल वीरगञ्जको आइसोलेशनमा राखेर उपचार थालिएको थियो। त्यहीँ उनीहरुको थ्रोट स्वाब लिएर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिँदा कोरोना पुष्टि भएको हो। उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुन: एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शनिबार भएको पुन:परीक्षणबाट ती तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो। तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ। उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Leave a Reply