नातिको बिहेमा लण्डन पुगेका पूर्वगाविस उपाध्यक्षको कोरोनाबाट मृत्यु

 पब्लिक संवाददाता      शनिबार, चैत्र २९, २०७६      0

काठमाडौ‌ :  नातिको बिहेका लागि बेलायत पुगेका बागलुङका  कर्णबहादुर क्षेत्री (केसी) को कोरोना संक्रमणका कारण निधन भएको छ। उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत पुगेका थिए। बेलायत बस्दा पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो। १० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको गैर आवासीय नेपाली आवासीय संघका एक नेता कूल आचार्यले जानकारी दिएका छन्। केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए। उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए। उनीहरु दुवैजना लण्डनमा व्यवसाय गर्छन्। बुहारी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन्। उनका श्रीमती, चार छोरा र एक छोरी छन्। अहिले उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *