दीपशंकर चौलागाई ,रसुवा २८ चैत । चिनको वुहानबाट शुरुआत भएर हाल विश्वलाई नै चुनौती दिदै संसार भरमा आतंकित बनाई रहेको काेराेना भाइरसबाट बच्न केरुङ नाका सुचारु नग़र्न सरकारलाई बाग़मती प्रदेश सभा सदस्य प्रभात तामाङले अनुरोध गरेकाछन ।
आज नेपालमात्र नभएर पूरै विश्व नै लकडाउन भएर बसेको बेलामा नेपाल सरकारले भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लकडाउन भैरहेकोले सम्पूर्ण हवाई उड़ानहरू समेत रद्ध गरी पूरै लकडाउन गर्न उनले अनुरोध गरेका हुन ।
नेपाल सरकारले रसुवाको केरूङ नाकाबाट माल सामान ओसार पसारको गर्नको लागी भनी नाका सुचारु गर्ने तयारी गरेकाेले रसुवाका आम नागरिक अनि सम्पूर्ण जन प्रतिनिधिहरुको गम्भिर ध्यानाकर्षण भएको बताउदै सरकारको उक्त निर्णयले रसुवालाई आतंकित बनाए उनले बताए ।
सरकारले निर्णय गरेर यदि यो संक्रमणको समयमा जबर जस्ति नाका खूल्ला गरेमा कुनै पनि हालतमा नाका सुचारु गर्न नदिने र रसुवाली जनताहरुको स्वास्थ्यको लागी आफु जस्तो सुकै मूल्य चुकाउ परे पनि चुकाउन तयार रहेको सांसद तामाङले जानकारी िदए ।
नेपाल सरकारले केही व्यापारीहरुको मिलेमतोमा नाका सुचारु गर्ने तयारी गरेको र उक्त नाकाबाट अवैध किसिमबाट सून तस्करी हुदै आएको ले लकडाउनको अवसर पारेर तस्करहरु तस्कर गर्ने योजना समेत रहेको तामाङले दाबि गरे।
Leave a Reply