कोरोना संक्रमित नजिक पुगेका १४ सशस्त्र प्रहरी क्‍वारेन्टाइनमा

 पब्लिक संवाददाता      आइतवार, चैत्र २३, २०७६      0
eQmk’/, $ kmfu’g -/f;;_ M ;/sf/n] rLgsf] j’xfgaf6 cfO{taf/ ljxfg NofPsf] g]kfnLx?sf] eQmk’/sf] vl/kf6Ldf /x]sf] ljB’t k|flws/0fsf] Sjf/]G6fO{gl:yt /ut ;+sng sIf, oxLaf6 pgLx?sf] /ut ;+sng ul/G5 . tl:j/ M /d]z lu/L, /f;;

कञ्‍चनपुर२३ चैत   : ट्यबुबाट महाकाली तरेर आएका कोरोना संक्रमित पुरुषलाई नियन्त्रण लिने १४ जना सशस्त्र प्रहरीलाई सेल्फ क्‍वारेन्टाइनमा राखिएको छ। कञ्‍चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा पठाउनेमध्ये १४ जना प्रहरीलाई पनि सशस्त्र प्रहरी शैलेश्‍वरी गुल्मले सेल्फ क्‍वारेन्टाइनमा राखेको हो। सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुका अनुसार १४ जनामध्ये आठजनालाई गड्डाचौकीमा र अन्य ६ जनालाई ब्रम्हदेवको बोर्डर आउट पोस्टको सेल्फ क्‍वारेन्टाइनमा राखिएको हो।  ‘भारतबाट आएका कोरोना संक्रमित पुरुषलाई नियन्त्रण लिएर उनको घरसम्म लैजानले सबै १४ जनालाई आजैदेखि क्‍वारेन्टाइनमा राखेका छौं’, उनले भने, ‘उनीहरुको स्वास्थ्य सामन्य छ। हामीले सशस्त्रकै ब्यारेकमा बनाइएको क्‍वारेन्टाइनमा राखेर उनीहरुको निगरानी गरिरहेका छौं।’ भारतको उत्तराखण्डबाट आएका ती संक्रमित पुरुषसहित १३ जना  ट्युबमार्फत महाकाली नदी तरेर नेपाल छिरेका थिए। उनीहरुलाई ब्रम्हदेवको मटाहिनामा चैत १४ मा फेला पारेपछि सशस्त्र प्रहरीले गड्डा चौकी पुर्‍याएका थिए। त्यसपछि उनीहरुलाई घर लगिएको थियो। घर लगिएकामध्ये ४१ वर्षीय संक्रमितलाई गाउँलेले तत्कालै कोरोना हुन सक्ने आशंकमा नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा पठाएका थिए। लकडाउनका कारण भारतीय सुरक्षाकर्मीले टनकपुरस्थित महाकाली नदीको पुलमा आवागमन बन्द गरेपछि ती १३ जना नै ट्युबबाट तरेका खुलेको छ। भारतमा रहँदा भोकै बस्नुपर्ने अवस्था आएपछि उनीहरु नेपाल भारतका सुरक्षाकर्मीको आँखा छिचोल्दै ट्युबको सहारामा महाकाली नदी तरेको खुलेको हो।  ती १३ मध्ये दुईजना बीच बाटोमै सुडामा उत्रिएका थिए। बाँकी ११ जनालाई कोरोना भए नभएको पुष्टि गर्न  चैत २० गते स्वाब परीक्षणका लागि पठाइएको थियो। तीमध्ये १० जनाको स्वाब नेगेटिभ आयो। बेदकोटका ४१ वर्षीय युवकको स्वाबमा कोरोना भाइरस भएको पाइएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *