पब्लिक संवाददाता
आइतवार, चैत्र २३, २०७६
0
दीपशंकर चोैलागाई ।बिश्व मानव जगतलाई नै संकट बनाएको कोरोना भाइरस कोभीड १९ बाट जनता लाई कसरी सुरक्षित रहने ,घरायसी उपायहरु कसरी अपनाउने भनी टोल टोलमा माईकिङ गर्दै भिमेश्वर नगरपालिका ८ बोचमा जनचेतना जगृत गराएको छ ।
बिश्व मानव जगतलाई नै संकट बनाएको अवस्थालाई मध्ये नजर गर्दै नेपाली काङ्ग्रेस वडा कमिटी ८ र लामिडाडा युवा समाज बोचको संयुक्त विरुद्धको सचेतना कार्यक्रमे बोचमा सम्पन्न भएको स्थानिय युवा कपिल रेग्मीले जानकारी दिए ।
भीमेश्वर नगरपालिका ८ को निर्वाचित वडा सरकार कुम्भकर्णको निन्द्रामा परेकोले नागरिकको सुरक्षालार्ई ,घरायसी उपायहरु कसरी अपनाउने भनी जनचेतना जगाउने कार्यक्रम नेपाली कांगे्रस वडा समितीले गरेको नेपाली कांग्रेस दोलखाका नेता काजी बुढाथोकीले बताए । उनले भने अब चाही वडा सरकार बिउझिन्छ की घच्घचाए पछि ।
Leave a Reply