भीमेश्वर नगर भित्र कोरोना संक्रमण हुन नदिन ३० हजार माक्स बितरण

 पब्लिक संवाददाता      आइतवार, चैत्र २३, २०७६      0

दीपंशंकर चौलागाई । भीमेश्वर नगर भित्रका नागरिकलाई कोरोना संक्रमण बाट बच्न माक्स बितरण गरिएको छ ।
भीमेश्वर नगरपालिका र नेपाल कपडा तथा सिलाई संघ ब्यवसायी संंघ दोलखाको साझेदारी कोरोना संक्रमण हुन नदिन मास बितरण गरिएको हो ।
भिमेश्वर नगरपालिकाको ५० प्रतिशित र नेपाल कपडा तथा सिलाई संघ ब्यवसायी संंघ दोलखाको ५० प्रतिशत लगानीमा ३० हजार माक्स करिब ६ लाखमा तयार गरि नागरिकलाई बितरण गरिरहेको नेपाल कपडा तथा सिलाई संघ ब्यवसायी महासंंघका केन्द्रिय उपाध्यक्ष ईश्वर नेपाली बताए ।
भीमेश्वर नगरपालिका को कार्यालयमा नौ वटै वडाका अध्यक्ष बोलाई पहिलो चरणमा एक एक हजार मास नागरिकलाई बाँड्न पठाएको भिमेश्वर नगरपालिका का मेयर भरत केसीले जानकारी दिए । ३० जार माक्स सिलाई सकेको भएपनि ईलाष्टीक २४ गते भित्र हालि सक्ने हुदा नगरपलिका लाई भोली बुझाउने तयारीका रहेको नेपाल कपडा तथा सिलाई संघ ब्यवसायी संघका सदस्य नविन नेपालीले बताए ।

एक ब्यक्ति एक माक्र्स,एक घर दुई साबुन कार्यक्रम नगको अभियान अन्तरगत नागरिकलाई बितरण गरिरहेको हो ।
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ दोलखाले भिमेश्वर नगर पालिका प्रमुख  केसि लाई माक्र्स हस्तान्तरण
गरिको कार्यक्रममा जिल्ला बिकास समन्वय समितिका सयोजक डवल पान्डे लगायतको उपस्थिति रहेको िथयो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *