
काठमाडौैं। कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएपछि कांग्रेसले तत्काल सरकारलाई कोरोनाको व्यापक परिक्षणमा लाग्न सचेत गराएको छ। कैलालीमा स्थानिय महिलामा कोरोना पोजेटीभ देखिएको कुरालाई तत्काल गम्भीरतापूर्वक लिएर परिक्षणको ब्यापकता बढाउन कांग्रेसले सरकारलाई अनुरोध समेत गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकाल्दै केहि सवालहरु समेत उठाएका छन्। यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली भएपनि सातौं संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेको शर्माले बताए।
कोरोना पोजेटीभ भएकी महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर नआएको उल्लेख गर्दै सरकारले गम्भीर सतर्कता नपुर्याउँदाको परिणाममा उनी संक्रमित बन्न पुगेको शर्माले बताएका छन्। ‘समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढ्ने थिएन,’ उनले भने।
कांग्रेसले सरकारलाई अपील गर्दै भनेको छ, ‘यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परिक्षण, परिक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’
‘बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गरौं र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौं,’ शर्माले जोड दिदै भनेका छन्, ‘स्थानीय एक तथा अन्य दुइमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको शनिवारको दिन सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परिक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ।’
सरकारलाई थप सचेत गराउँदै कांग्रेसले भनेको छ, ‘अब रत्तिभर हेलचेक्र्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ । समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस् ।’
साभार हामर्ा कुरा डटकम
Leave a Reply