नेपालमा कोरोनाका थप तीन संक्रमित भेटिए

 पब्लिक संवाददाता      शनिबार, चैत्र २२, २०७६      0

काठमाडौं, २२ चैत : नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि स्वास्थ्य मन्त्रालयले जानाएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सख्या ९ पुगेको छ भने पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *