सक्छौ भने शेयर सदस्यलाई सहयोग गर तिम्रो सहयोग नगरपालिका आवश्यक छैन

 पब्लिक संवाददाता      शुक्रबार, चैत्र २१, २०७६      0

दीपशंकर चौलागाई  । २१ वटा सहकारीले ५ लाख ४४ हजार रकम कोरोना नियन्त्रणमा सहयोग गर्ने निर्णय गरि भीमेश्वर नगरपालिकालाई रकम बुझाउन तयारी भएपछि सहकारीको शेयर सदस्यहरुले चर्को आलोचना गरेकाछन ।
सर्वसाधरण शेयर सदस्यहरुले एक मुठा साग बेचेर जम्मा गरेको रकमको उचित ब्याज दिन नसक्ने ,हर्जना मिनाह गर्न नसक्ने तर भीमेश्वर नगरपालिका लाइ एक घर दुई सावुन, एक व्यक्ति एक मास्क किन्न पैसे नभएर सहयोग गर्नु पर्ने अवस्था हो त सर्वत्र शेयर सदस्यले सहकारी बिरुद्ध चर्को आलोचना गर्न थालेका हुन ।
“यो बिसंघ परिस्थितिमा शेयर सदस्यहरुलाई ब्याजमा छुट ,थप बोनसको ब्यबस्था जस्ता काम गर्नु पर्नेमा तामाकोशीमा एक लोटा पानी हालेर केही औचित्य सावित हुदैन” आक्रोसित मुद्रामा नागरिक समाजका अगुवा चिरञ्जीवी मास्के भने ‘आप्mनो काल कर्तु छिपाउने केही दाउ हो भने सहकारीका पदाधिकारीले शेयर सदस्यको हितमा काम नगरि भीमेश्वर नगरपालिका जस्तै अरुको पनि चाकरीमा गर्न लागे हुन्छ । ’
नगरपालिकाको समन्वयमा बिहिबार भीमेश्वर नगरपालिका भित्र मुख्य कार्यालय रहेका २१ वटा सहकारीको बैठकले सो निर्णय गरेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *