
दीपशंकर चौलागाई । नेपाली कांगे्रस मेलुङगाउँपालिकाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , एम्बुलेन्स ड्राइभरलाई कोरना भाईरस सुरक्षा कवज र विमाको ब्यवस्था गर्न आग्रह गरेकोछ ।
बिश्व मानव जगतलाई नै आताङकित बनाएको कोरोना भाईरस विरुद्ध मेलुङ गाउँपालिका कसरी लडने , जनतालाई कसरी सुरक्षित राख्ने , कुन,कुन उपायहरु अपनाउने भन्ने बिषयमा नेपाली कांगे्रस मेलुङ गाउँपालिकाले आप्mनोे राय बैडकमा प्रस्तुत गरेको हो ।
नेपाली काँग्रेस दोलखाको पुर्व सभापति एवम मेलुङ गाउँपालिका १ का स्थानियबासी ताराबहादुर कोईरालाले मेलुङ गाउँपलिकाको कार्यलयले राखेको सर्वदलीय बैठकमा नौ सुत्रिय लिखित सुझाव दिएकाछन । बाहिरी देशबाट आउनु भएको मनहानुभावहरुको घरमा रातो झण्डा कम्तिमा १५ दिन राखेर सकारात्मक रुपमा सुचना प्रबाह गर्ने कार्यलाई निरन्तरता दिने राय आफुले राखेको कोइरालाले बताए ।
नेपाली कांगे्रस दोलखाका युवा नेता बार्माले भने .वडा , गउँ डाउँटोल नजिकको बिध्यालय, सामुदायिक भवनहरुलाई कोरेनटाईन योग्य स्थान बनाउई राख्नु कांग्रेसले सुझाव दिएको छ । उनी भन्छन पालिका भित्र अझैपनि सामाजिक सञ्जाल , रेडियो , टि.वि.को पहुँचमा नरहेको सर्वसाधारणलाई कोरोना बारेमा सुसूचित गर्नको लागि माईकिङ ,पोष्टरिङ,स्वयंसेविकाहरु तुरुन्त परिचालन गर्नु पर्छ ।
नेपाली कांगे्रस मेलुङगाउँपालिका अध्यक्ष छत्रबहादुर तमाङले आगामि वर्ष अनिकाल हुन सक्ने सम्भावना बढेको छ, त्यसैले खेतिको काम रोक्नहुन्न , जमिनलाई बाँझो नराख्ने किसानलाई मल,विउ र अनुदानको ब्यबस्था गर्नु पर्ने सुझाव दिएको जानकारी दिए । .विपत ब्यवस्थापन कोष जस्तै स्थानीय रुपमै कोरोना भाईरस बिपत कोष खडा गरेर कोषमा रकम जम्मा गर्न तमाङले आह्वान समेत गरे ।
नेपाली कांगे्रसका नब उद्यमान युवा नेता एवम निर्वाचित वडा अध्यक्ष राजु कुसुम लामाले . सम्भावना रहेसम्म सम्पुर्ण मेलुङबासीलाई मास्कको ब्यवस्था गर्न राय प्रस्तुत गर्दै दैनिक ज्यालादारी गरि ज्यानपाला गर्ने परिवारको लागत संकलन गरि प्याकेज सहयोग गर्न आग्रह गरे ।उनले भने कोरोना बाहेकका रोगको औषधिहरु अभाव हुन नदिन प्रभावकारी योजना बनाउ गाउँपलिका लाई आग्रह गरे ।
नेपाली कांगे्रसका नेताहरुले नागरिकको पक्षमा राखे सबै सुझावहरु तत्काल कार्यन्वयन गर्ने गाउपलिका अध्यक्ष नरबहादुर श्रेष्ठले प्रतिबद्धता जनाएछन । उनले भोलिबाटै वडा ÷वडाको अध्यक्ष ज्यु मार्फत सर्बपक्षिय परामर्श गर्दै कार्यन्वयमा जाने सहमति भएको समेत बताए । आफु बाँचौ,अरुलाई नि बचाउँ।
सर्वदलिय बैठकमा नेपाली काँग्रेस दोलखाको पुर्व सभापति ताराबहादुर कोईराला , गा.प.अध्यक्ष नरबहादुर श्रेष्ठ , उपाध्यक्ष कल्पना भण्डारी , नेपाली कांगे्रस दोलखाका युवा नेता बर्मा लामा, वडाध्यक्षहरु , सुरक्षाकर्मी ,कार्यकारी प्रमुख , स्वास्थ्यकर्मी लगायको उपस्थिति रहेको थियोे ।
हमिले पेश गरेको सुझावरु निम्नसार रहेको छ। उपयुक्त होला भन्ने सन्धर्वमा परामर्श गर्न बोलाईको मेलुङ गाउँपलिकाको कार्यलय भेडपुमा सम्पन्न भएको छ।
Leave a Reply