
काठमाडौ । नेपालमा छैटौं व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी बाग्लुङकी एक ६५ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । सोही उडानमा आउने अन्य दुई जनामा यसअघि संक्रमण पुष्टि भैसकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नयाँ संक्रमित भेटिएको जानकारी दिएका हुन ।
अहिलेसम्म संक्रमण भेटिएका सबै ब्यक्ति विदेशवाट नेपाल भित्रनेहरु रहेका छन । यसअघि सोही विमानमा आएका दुई जना युवतीको रिपोर्ट पोजेटिभ पाइएको थियो । तीमध्ये एक जना टेकु अस्पताल र अर्की बागलुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । त्यस्तै युएइबाट आएका अर्का एक जना सेती प्रदेशिक अस्पतालमा र अर्का व्यक्ति टेकु अस्पतालमा उपचाररत छन् । चीनबाट आएका एक जना भने निको भइकन घर फर्किसकेका छन् । कतार एअरबाट काठमाडौं आउने दुईजनामा यसअघि नै कोरोना पोजेटिभ देखिसकेको छ । पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ११ सय ८४ वटा परीक्षण भइसकेको छ । ४३ जनाको परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ । देशभरिमा १ सय ५ जना विभिन्न अस्पतालकबा आइसोलेसनमा उपचार गराइरहेका छन । केही दिनदेखि मन्त्रालयले प्रदेश स्तरमा ल्याव स्थापना गरेर परीक्षणको दर बढाएको छ ।
Leave a Reply