दीपशंकर चौलागाई । कोरोना भाइरस (कोभिड(१९)का कारण मानव समुदाय अत्यन्तै जटिल अवस्थामा छ । भाइरसका कारण झन्डै ४२ हजारभन्दा धेरैले यो धर्ती छाडेर गइसकेका छन् भने साढे आठ लाखभन्दा धेरै भाइरससँग जुध्दै छन् ।
कोरोना विरुद्धको लडाइमा काँधमा काँध मिलाएर सहयोग गर्नु अहिलेको आवश्यकता लाई मध्येनजर गर्दे कृष्ण बहादुर बस्नेतको नेतृत्व रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले बुधबार जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न सर्जिकल सामान हस्तान्तरण गरेको छ ।
दूरी कामय गर्दै कोरोनाको संक्रमणबाट बच्ने र फैलन नदिने कर्तव्य निर्वाह गर्नु पर्छ भन्ने अभियान संचालन गर्ने समाजसेबि व्यक्तित्व बस्नेतले दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा लाई सर्जिकल मास्क ३०० थान ,ग्लोब्स ३०० थान ,पिपिइ ९ थान , स्यानिटइजर–४८ थान डेटोल साबुन–१२ थान पुस्तकालयले समितिलाई हस्तान्तरण गरेको हो ।
“समयले भोलि नयाँ चुनौती र नयाँ अनुभव ल्याउनेछ , यस क्षणलाई अन्तिम सत्य नमान्नुहोस् ,यसलाई बाँच्नुहोस, यसलाई महसुस गर्नुहोस् र यसको लागि कृतज्ञ हुनुहोस् ।यसका लागी सरकारले दिएको निर्देशन पालन गर्नुस । घर भित्रै बस्नुस अनि मात्र जिवन प्राप्ती होला ।” गम्भिर भएर आम नागरिकलाई बस्नेतले अनुरोध गरे ।
जतिसुकै ठूलो महामारी वा विपत्ति आएपनि आशाका किरणहरु छरिएको देख्नुपर्छ , थुप्रै कठिनाई र जटिलताहरु क्रमश समधान गर्दै जानु पर्छ बस्नेतले भने । मृत्युको परवाह नगरीकन कोरोनाविरुद्ध संघर्षरत स्वास्थकर्मी र सुरक्षाकर्मीको खटाइको बस्नेतले प्रसंशा गरेकाछन ।
सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे ,भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी , दोलखाका प्रमुख जिल्ला अधिकारी भिम कान्त शर्मा , स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झा लगायतको सहभागिता रहेको थियो ।
Leave a Reply