स्वास्थ्य जाँच भए नभएको यकिन हुन नसक्दा दोलखामा कोरोनाको त्राश बढ्दै

 पब्लिक संवाददाता      आइतवार, चैत्र १६, २०७६      0

दोलखा १६ चैत । सँक्रमित मुलुकवाट आएकाहरुको स्वास्थ्य जाँच भए नभएको यकिन हुन नसकेका कारण जिल्लामा त्राश बढेको छ । दोलखाका चार स्थानीय तहमा विदेशबाट आएका एक सय भन्दा बढी मानिस भएको जनाएकाछन ।
जिल्लाको वैतेश्वर, कालिञ्चोक, गौरीशंकर र जिरीमा विदेशबाट आएका एक सय ४९ जना मानिस फेला परेका हुन् । जसमा सवैभन्दा बढी कालिञ्चोक गाउँपालिकामा ६८ जना मानिस विदेशबाट फर्किएको पाइएको छ भने गौरीशंकर गाउँपालिका ३६ जना, वैतेश्वर गाउँपालिकामा २७ जना र जिरी नगरपालिकामा १८ जना मानिस विदेशबाट फर्किएका छन् ।
कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार शनिवारसम्म ६८ जना विदेशवाट आएका मानिसहरु फेला परेका हुन् । ति मध्ये तिन जना मलेसिया, एक जना दुवई र बाँकी ६४ जना भारतवाट आएका छन ।विदेशवाट आएका व्यक्तिहरु ‘होम क्वारेन्टाईन’ मा रहेको बताइएकाे छ ।
जिल्लाको गौरीशंकर गाउँपालिकामा अहिलेसम्म विदेशवाट आएका ३६ जना  छन् । ३४ जना छिमेकी मुलुक भारतवाट तथा मलेसिया र जापानवाट एक एक जना छन ।

जिरीमा १८ जनाको विवरण संकलन भैसकेको छ र अन्यको विवरण संकलन गर्ने काम भैरहेको जनाइृएकाे छ ।   जिल्लाको भिमेश्वर नगरपालिका तथा तामाकोशी,शैलुङ, मेलुङ र बिगु गाउँपालिकाले पनि विवरण संकलनको लागि प्रत्येक वडा तहलाई निर्देशन दिएको र वडा तहले निर्देशन अनुसार काम सुरु गरेको बताएका छन् ।  सरकारले विदेशवाट आएकाहरुलाई अनिवार्यरुपमा स्वास्थ्य परिक्षण गराउन र क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको छ ।

कोरोना संक्रमणको त्राशसँगै दोलखाका स्थानीय तहहरुले विदेशबाट गाउँ फर्किएका नागरिकहरुको विवरण सङ्कलन गर्न सुरु गरेका छन् । मुलुक लकडाउन हुनु अघि नैं वैदेशिक रोजगारीमा गएका तथा कोरोना सँक्रमित मुलुकवाट ठूलो सँख्यामा मासिनहरु दोलखा फर्किएका थिए । नेपालमा विदेशवाट फर्किएका एकपछि अर्को व्यक्तिमा कोरोना सँक्रमणको पुष्टि भईरहेको छ । विदेशवाट गाउँघर फर्किएकाहरुमा कोरोनाको सँक्रमण भएमा सवैभन्दा पहिले परिवारका सदस्य र टोल, छिमेकमा सँक्रमण फैलिन सक्ने भएका कारण पनि सरकारले विदेशवाट आएकाहरुलाई अनिवार्यरुपमा स्वास्थ्य परिक्षण गराउन र क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *