
काठमाडौं । चिनबाट ल्याउँदै गरिएको कोरोना भाईरस (कोभिड–१९) परिक्षण र उपचारका स्वास्थ्य सामाग्री बिचबाटैमा रोकिएको छ । स्वास्थ्य सामाग्रीको गुणस्तीयको आशंकामा ती सामाग्री चीन सरकारले ल्हासामै रोकेको हो ।
नेपाली दुतावासलाई चीनिया एक कम्पनीले ती सामाग्री अनुदानमा दिएको थियो । जुन सामाग्री तातोपानी नाकाबाट ल्याउने प्रबन्ध मिलाइएको थियो । नेपालमा किट सकिदै गएकाले तत्काल सामाग्री चाहिने भन्दै ती सामाग्री ल्याउन लागेको थियो ।
चीन सरकाले अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामाग्रीको सुचीमा ती किट समावेश छैन । जसका कारण तिब्बत सरकारले ती सामाग्री रोकेको हो । चीनले १९ वटा कम्पनीहरु सुचीकृत गरेको छ ।
जसबाट चिनिया सहयोग पठाउने गरेको र सो सुचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी छैन । सो कम्पनीले नेपाली दुतावासलाई सोझै उपलब्ध गराएको थियो । उसले ३० हजार अमेरिकी डलर बराबरको २ हजार किट सहयोग गरेको हो । चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिच बाटैमा रोकि निर्यातयोग्य सामाग्री नभएको तिब्बत सरकारले बताएको छ । यस अघि स्पेनले चीनीया कम्पनीको सामाग्रीको गुणस्तीयतामा प्रश्न उठाउँदै सामाग्री फिर्ता गर्ने निर्णय गरिसकेको थियो ।
चीनबाट बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाली दुतावासमार्फत नेपाल पठाउन लागेको २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९) को परिक्षण गर्न मिल्ने किट निर्यातयोग्य नदेखिएको हो ।
Leave a Reply