दोलखा/कोरोना भाईरसको संभावित जोखिमलाई कम गर्न दोलखाको भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्रमा किटनासक औषधि छर्केको छ ।
शुक्रवार साँझ नगरपालिकाले वडा नम्बर ३ र ६ मा पर्ने सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्रमा वातावरणमा भएको भाईरस मार्न इन्सेक्टी साईट नामको विषादी छर्किएको नगरपालिकाका स्वास्थ्य संयोजक श्याम खड्काले बताए।
नगरप्रमुख भरत केसीको अगुवाईमा दमकल मार्फत बजार क्षेत्रको सडक, घरको पेटी लगायतको ठाँउमा विषादी छर्किएको स्वास्थ्य संयोजक खड्काले बताए। इन्सेक्टी साईट किटनासक औषधि भएकोले यसले मानव शरिरमा समेत असर गर्ने कुरालाई मध्यनजर गर्दै लक डाउनको बेला पूर्व जानकारी समेत गराएर बजार क्षेत्रमा छर्किएको भीमेश्वर नगरपालिकाकाप्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) को सञ्चालक न्याय हेल्थका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगाल बजार क्षेत्रमा किटनासक औषधि छर्कदा कोरोना भाईरस नष्ट नगरे पनि अन्य किटानु मारेर वातावरण सफा गर्न सहयोग पुग्ने बताए। मानिसमा अन्य रोगको किटानुले आक्रमण गर्ने संभावना नहुदा कोरोना भार्यरसको संभावित संक्रमणको संभावना समेत कम हुने डाक्टर दंगाल बताए।
लक डाउन अनुसासीत
लक डाउनको चौथो दिन दोलखाको मुख्य बजार क्षेत्रमा सम्पूर्ण व्यवसाय, यातायात र मानिसको आवत जावत बन्द रहेको छ । नेपाली सेना, जनपथ प्रहरी र शसस्त्र प्रहरीको नियमीत गस्तिका रहेको र कसैले लक डाउनको उलंघन गरे बजारमा निस्केको पाईए उनीहरुलाई सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा रहेको कोरोना प्रशिक्षण शिविरमा एक घण्टा कोरोना भाईरसको बारेमा सचेताना मूलक प्रशिक्षण दिएर पठाउने गरेको दोलखा प्रहरी बताएकाे छ ।
पालिकाहरुको सक्रियता
दोलखाको जिरी नगरपालिका तथा विगु, कालिञ्चोक, गौरीशङ्कर, तामाकोसी, बैतेश्वर र शैलुङ गाँउपालिकाहरुले क्वारेन्टाईन भवनको व्यवस्था, स्वास्थ्य जाँचको व्यवस्था र विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन तथा परिवार एवं छिमेकीसंग केहि समय छुट्टै बस्न सचेतना मूलक अभियान सञ्चालन गरिरहेका छन् । शैलुङ गाँउपालिकाले कोहि कोरोना संक्रमीत भेटिए एम्बुलेन्स र उपचारको लागि १० हजार सहयोग गर्ने घोषणा गरेको अध्यक्ष भरत दुलालले बताए । त्यसैगरी गाँउपालिकाको कर्मचारी र स्वास्थ्यकर्मीलाई पनि सहयोग गर्ने घोषणा गरेको छ ।
स्थानिय प्रशासनले पनि विदेशबाट जिल्ला भित्रिएका नागरिकको तथ्याङ्क संकलन सुरु गरेको र उनीहरुलाई परिवार र छिमेकीबाट केहि समय छुट्टै बस्न आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताए।
Leave a Reply