पब्लिक संवाददाता
शुक्रबार, चैत्र १४, २०७६
0
धनगढी । धनगढीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण भेटिएको थियो । अब कोरोनाको संक्रमण हुनेको संख्या चार पुगेको छ ।
उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी ११ चैतदेखि अस्पताल भर्ना भएका थिए ।
Leave a Reply