
दीपसंकर चाैलागाइ
दाेलखा १२चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै सर्लाहीको लालबन्दीमा लायन्स क्लब अफ सेन्चुरीका अध्यक्ष साकार शर्मा सहितको टिमले बजारका विभिन्न ठाउँहरुमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकाले ठाउँ-ठाउँमा हात धुनका लागि पानी र साबुनको व्यवस्था गरिएको स्थानीय यूवा नेता, राकेश ढुंगेलले जानकारी दिनुभयो। यसरी लालबन्दीको विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट जोगिन सहज हुने भएको छ ।
यसैगरी उक्त टिमले मास्कको अभाव भएपछी स्थानीय स्तरमा मास्क उत्पादन गरि बिपन्न बर्गलाई ,लालबन्दी नगरपालिका मार्फत स्थानियहरुलाई र रातोदिन अहोरात्र खटिरहने सुरक्षाकर्मीहरु समेतलाइ गरेर हजारौं मास्क बितरण गरिएको छ। यसैगरी जनचेतना फैलाउने काममा समेत अग्रसर भएर लागेका छन लायन्स क्लब अफ सेन्जुरीका पदाधिकारीहरु चाहे त्यो विभिन्न सामाजिक संजालका माध्यमबाट होस चाहे हाते पम्प्लेट ,पोस्टरका माध्यमबाट होस् । यतिबेला देश संकटको घडीमा छ। सरकार एक्लैले केहिपनी गर्न सक्दैन। यसरीनै स्थानीय स्तरबाट सबैले आफुले सकेको सहयोग गरि सभ्य नागरिकको परिचय दिनु आजको आवस्यकता हो।
Leave a Reply