भारत–चीनका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

 पब्लिक संवाददाता      आइतवार, चैत्र ९, २०७६      0

काठमाडौं : सरकारले भारत र चीनसँग जोडिएका सीमा नाका एकसातालाई बन्द गर्ने निर्णय लिएको छ।
आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यस बन्दका क्रममा सामान आयात निर्यातका काम भने जारी रहने सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताएका छन् ।
मन्त्री खतिवडाका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै देशतर्फ जोडिएका सबै सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने कदम चालिएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आजै नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको थियो।
दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको थियो। कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न भनेका थिए। यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबारदेखि लागू हुने गरी सुदूरपश्चिमी नाका गड्डा चौकी बन्द गर्ने निर्णय लिइसकेको छ। प्रदेश सरकारहरुले पनि पत्र पठाएर सीमा नाका बन्द गर्न केन्द्र सरकारलाई दबाब दिएको पृष्ठभूमिमा यो निर्णय भएको हो। आपतकालीन कोष स्थापना यसैबीच आइतवारकै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि एउटा आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ। उक्त कोषमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्। कोषमा मन्त्रिपरिषदका सदश्यहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न जानुअघि गत फागुन १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो। त्यसपछि पहिलो पटक बसेको मन्त्रिपरिषद्ले विभिन्न महत्वपूर्ण निर्णय लिएको हो। नेपाल बैकको एक करोड सरकारको अभियानलाई सघाउन नेपाल बैंक लिमिटेडको संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रूपैयाँ सरकारले तोकेको कोषमा गर्ने निर्णय गरेको बैंकका अध्यक्ष बासुदेव अधिकारीले थाहा खबरलाई बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *