
दीपशंकर चौलागाई । बाँध लगायत हेडवर्कसको प्राविधिक परिक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ ।
स्वदेशी लगानिमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलग लगायत अन्य हेडवर्कसका संरचनाहरुको प्राविधिक परिक्षण सुरु भै रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।
परिक्षणको क्रममा बाँधमा पानी राखेर परिक्षण सुरु गरिएको र अहिलेसम्म को परिक्षण राम्रो रहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । परिक्षणको काम आवश्यकता अनुसार दुई हप्तासम्म चल्न सक्ने परिक्षणमा संलग्न प्राविधिकहरुले बताएकाछन ।
आयोजनामा मुख्य कामदार र प्राविधिकहरु चिनिया, इटलियन र भारतिय नागरिकहरु रहेका छन् । तर उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकोले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
आयोजनामा ठेकेदार कम्पनिको काममा अहिलेसम्म समस्या नभएपनि कन्सल्टेन्टको काममा भने केहि समस्या देखिएको छ । कोरोना भाईरसको प्रकोप पछि आयोजनाको कन्सल्टेन्ट कम्पनिमा काम गर्ने विज्ञ, प्राविधिकहरुले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ ।
नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोप अघिदेखिनै काममा रहेकोले समस्या नभएको तर आईतवार देखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिईने श्रेष्ठले बताए ।
आयोजनाको काम अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत सकिएको र आगामी असार भित्र एउटा टर्वाईनबाट ७६ मेगावाट परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भै रहेको श्रेष्ठले बताए । आयोजनामा ६ वटा टर्वाईन रहेको र प्रत्येक टर्वाईनबाट ७६ मेगावाट विद्युत उत्पादन हुने पनि आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।
२०६७ भाद्र १७ गते वाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजनामा २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतीको कारणले निर्माण सम्पन्न हुने अवधीमा विलम्व हुन गएको आयोजना प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
प्रवक्ता न्यौपाने भन्छन ‘ वर्तमान कार्य प्रगतिको आधारमा यस आयोजनाबाट २०७७ को अषाढ मसान्त या साउन पहिलो साता भित्र परिक्षण उत्पादन सुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने छ ।’ दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा निमार्णा्धिन ४५६ मेगावाटको यो आयोजनाको लागि ब्याज बाहेक ४९ अर्व २९ करोड लागत प्रक्षेपित गरिएको जनाईएको छ ।
Leave a Reply