दोलखा ८ चैत । स्किन ग्राफटिङ शल्यक्रिया गरि न्यायहेल्थ नेपाल प्रस्तावित चरिकोट अस्पतालले एक महिलाको जिवन बचाउन सफल भएको छ । जिरी नगरपालिका वडा नंं ८ की ४५ बर्षिय निमालम्हु शेर्पा खुट्टा काटेर फाँक्ने तयारीमा चरिकोट अस्पताल आई पुगेकोमा न्यायहेल्थ नेपाल प्रस्तावित चरिकोट अस्पतालले स्किन ग्राफटिङ शल्यक्रिया गरि खुट्टा जोगाएको छ ।
काठमाण्डौका अस्पतालले खुट्टा जोगाउन नसक्ने भने पछि गरिबिको कारण उपचार जिल्लामै रहेको न्यायहेल्थ नेपाल प्रस्तावितचरिकोट अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर आएका अस्पताल गरिबको लागी बरदान सावित भएको शेर्पाले बताईन । खुट्टा काट्नु पर्ने जस्तो जटिल अवस्थाबाट दुबै खुट्टा राम्रोसँग हिड्न सक्ने हुने गरी उपचार पाई पुर्नजन्म पाएको उनले बताईन ।
निमालम्हुको विपन्नताको अवस्थालाई हेरी न्याय हेल्थ नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सकेसम्म गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवाप्रदान गरेकाछन । एक महिनादेखि भर्ना गरेर अस्पतालको वेडमा नै राखी पन्ध्र पटकसम्म त्यो खुट्टाको शल्यक्रिया र दूई दुई दिनमा डे«सिङ गरी घाउलाई निको बनाएको हेल्थ नेपाल, दोलखाका स्वास्थ्य सेवा निर्देशक डा. विनोद दंगाल बताए ।
डा. दंगाल भन्छन ‘उनी परीक्षण गर्न आउने अवस्थामा खुट्टा काटेर फाल्नु पर्ने गरी कुहिएको अवस्थामा आईपगेकी थिइन ।’ उनलाई पून काठमाण्डौ लैजान पर्छ भन्ने परामर्श चिकित्सकहरुले दिए पनि काठमाण्डौ लैजान नसक्ने अवस्था श्रीमानले बताएका कारण उनको विपन्नताको अवस्थालाई मध्यनजर गर्दै न्याय हेल्थ नेपाल उपचार गरेको डा दंगालले जानकारी दिए ।
उनको परिवारमा ४ जना सदस्य छन् । उनी, उनका श्रीमान र दुई छोरा । विगत २०७२ सालको भूकम्पले घर भत्किए पछि बासको लागि घर बनाउन पनि नसक्ने गरी एक्कासी बाँया खुट्टा सुनीएर विरामी भएर थलिएकी उनी र उनको परिवार सामान्य मजदुरी गरेर मात्र दुई छाक टार्न बिवश छ ।
तीन चार वर्षदेखि देखिएको समस्या उपचार गर्न नसकेर आर्थिक अभावकै कारण उनी काठमाण्डौ जान नसकेर थलिएकी थिइन । उनलाई आफ्नो स्वास्थ्य अवस्था सँगै दुई छोराको पढाई अनि घर परिवारको पीडाले सताइ रहन्थ्यो । तर के गर्ने, शौचालय सम्म जान नसक्ने भएपछि विडम्बना सहेर बस्नु पर्ने वाध्यता नै थियो उनको । निमा भन्छिन अब त दुख्नपनि छोड्यो जस्तो लाग्छ मलाई । म बाँचे र मेरा छोराहरु टुहुरा नहुने भएभन्दै हर्षका आँशु खसालिन ।
उनका छोरा र श्रमिानले आलोपालो गरेर विरामी कुरी रहेको र विरामीलाई कुर्ने गरेको १५ वर्षिय छोरा मिङमारले बताए । उनका श्रीमान मानबहादुर शेर्पा भने यत्रो ठुलो उपचार करिब एक लाख भन्दा बढी रुपैया लाग्न सक्ने उपचार सेवा सबै निशुल्क यही पाएर आफू भाग्यमानी रहेछु । हर्षका आँशु झार्दै शेर्पाले भने ‘अब म र मेरो परिवारमा फेरि खुशी फर्किएको छ, अब हामी धन, सम्पत्ति नभए पनि खुशी भएर बाँच्ने छौं ।’
जटिल शल्यक्रिया न्याय हेल्थ नेपाल, दोलखाका स्वास्थ्य सेवा र्निदेशक डा. विनोद दंगाल ,डा.तुला कृष्ण गुप्ता, सन्तोष पाठक, डा. सुविता न्यौपाने, डा. करुणा खाती र नर्सिङ रश्मी बाशी , रमिला कार्की र स्वास्थ्य सहयोगी शोभा लगायतटिमको सहभागीता रहेको थियो । न्याय हेल्थ नेपाल, अहिले सम्म यस्ता जटिल शल्यक्रिया १५ वटा भएको र सबै सफल भएको अस्पतालको तथ्यांकले देखाएको छ ।
Leave a Reply