
मेलम्ची नगरपालिका वडा न. ९ ज्यामिरेमा दलितसग बिहे गरेको भन्दै बुबाको काज किरिया गर्न नदिइ प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने पण्डित रमेश श्रर्मा कुइकेलको बिरुद्ध ईलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता भएको छ।
२०७६ फाल्गुन २१ गते दिउँसो २:०० बजे बुबा दिर्ग बहादुर भुजेलको मृत्युको खबर पाउन साथ काठमाडौ बाट मेलम्ची घाटमा पुगेका भुजेललाई आफ्नै दाजु बेल बहादुर भुजेलले तिमि किरिया बसे रमेश पण्डित आउदिन भन्या छन् भन्दै आफुलाइ बुबाको मुख हेर्न समेत नदिएको र आफू रुदै काठमाडौ फर्किएको पीडित भुजेलले बताए।
दिर्ग बहादुर भुजेलको मृत्यु भए लगतै शङ्ख लिन भनेर गएका सारथ कट्टेल र दिपेश भुजेललाई तेरो काकाले कमिनी बिहे गरेको छ शङ्ख दिन्न र म जानेगरेको पनि छैन भन्दै फिर्ता पठाएका थिए।
जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ ।
घरमा आफू नभएको थाहा पाए पछि आरोपि पण्डित घरमा आएर पण्डित्याइ गरेका रहेछन् , मैले दलित समुदायको केटि सग बिवाहा गरेकै कारण मेरो बुबाको मृत्यु हुदा आफ्नो धर्म सस्कार अनुसार बुबाको दाह सस्कार र काज किरिया गर्न रोक लगाउनु मानवता बिरोधि क्रियाकलाप भएकोले न्यायको निमित्त पीडित प्रेम बहादुर भुजेलले आफुले जाहेरी दिएको बताए।
आरोपि रमेश श्रर्मा कुइकेल साबिक ज्यामिरे गा.बि.स का अध्यक्ष समेत रहेका थिए। जातिय विभेदको उजुरी दर्ता गर्नमा धेरै नै कठिनाइ भएको र जाहेरी दर्ता भए संगै न्यायको लागि ढोका खुलेता पनि घटनालाई राजनीतिक करण गरि मुद्दालाई कमजोर बनाउन चलखेल हुन सक्ने भन्दै सबै अभियान्ता चनाखो रहन अपिल गर्दै , न्याय नपाए सम्म निरन्तर पीडीत परिवारलाई साथ दिने दलित एकता सञ्जाल नेपालका सिन्धुपाल्चोक अध्यक्ष एवं दलित संजाल केन्द्रिय सचीव सुनिल मिजारले बताए।
Leave a Reply