सवारीसाधनले रूट पर्मिट लिनु नपर्ने

 पब्लिक संवाददाता      बिहिबार, चैत्र ६, २०७६      0

बिहीबारदेखि सार्वजनिक सवारीसाधनले रुट पर्मिट लिन नपर्ने भएको छ।एक महिनाका लागि देशभर रुट पर्मिट खुल्ला रहने यातायात व्यवस्था विभागले जनाएको छ।

चैत मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द हुने र परीक्षा समेत स्थगित भएकाले विद्यार्थीहरू मुख्य शहरबाट एकै पटक घर जाने भएकाले बैशाख ३ गतेसम्म रुट परमिट खुला गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशन गोगनबहादुर हमालले नेपाल–भारत संचालन हुँदै आएका सबै बस सेवा बन्द रहने जानकारी दिए। ‘देशभर रुट पर्मिट खुला राख्ने र नेपाल–भारत सम्पूर्ण बस सेवा बन्द गर्ने निर्णय भएको छ’ उनले भने।

हाल १३ ओटा रुटमार्फत संचालनमा रहेको नेपाल भारतमैत्री बस सेवा तत्कालको लागि स्थगित गर्ने हमालले बताए।विभागको निर्णयलाई यातायात व्यवसायीहरुले पनि सकारात्मक रुपमा लिएका छन्।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यो व्यवस्थाले यात्रुहरुलाई सहज हुने बताए। ‘अहिले कतिपय गाडी चल्न नमानेको अवस्था छ, सरकारले गरेको यो निर्णयले सार्वजनिक सवारीसाधन यात्रुहरुले चाहेका बेला पाउन सक्नेछन्’ उनले भने।

यसैबीच नयाँ लाइसेन्सका लागि आवेदन लिने र ट्रायल दिने कार्य स्थगित गरिने भएको छ। आगामी बुधबारदेखि लाइसेन्स नवीकरण र प्रतिलिपीबाहेक अन्य सेवाहरु बन्द हुने हमालले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *