देश, जनता र सेनाको लागि भीमेश्वरको पुजा आर्चना

 पब्लिक संवाददाता      सोमवार, चैत्र ३, २०७६      0

दोलखा ३ चैत । देश, जनता र सेनाको भलोको लागि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दोलखाको सुप्रशिद्ध भीमेश्वर मन्दिरमा पुजा प्रार्थना गरेका छन् ।
हेलिकप्टरबाट श्रीमतीसहित तारादल गण चरिकोटमा अवतरण गरेका प्रधानसेनापति थापाले भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिको अतिविशिष्ट उपस्थिति माइन्युटमा देश, जनता र सेनाको भलो होस् भन्ने कामना गरेको समितिले जनाएको छ ।
करिब एकमहिनाअघि फागुन ८ भीमेश्वरको शिलामा १७ औं पटक पसिना आएपछि अतिविशिष्ट श्रेणीको यो पहिलो पुजाअर्चना हो । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यताको कारण पनि नेपाली सेनाको प्रधानसेनापति थापाद्वारा गरिएको पुजाअर्चनालाई बिशेष रुपमा हेरिएको छ ।
प्रधानसेनापति थापाले बिहान ९ बजेदेखि ११ बजेसम्म रुदी र लघुरुद्री पुजा अर्चना गरेको भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । अतिविशिष्ट दर्जाका नेपाली सेनाका पदिकहरु समेतको सहभागितामा प्रधानसेनापति थापाले त्रिपुरासुन्दरी (देवीकोट) मन्दिरमा समेत करिब डेढघण्टा विभिन्न पुजाअर्चना सम्पन्न गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एक शिला तीन अवतारको रुपमा पुजाअर्चना गरिने भीमेश्वरको ३ बजे पछि नारायणको रुपमा गरिने राजपुजालाई प्रधानसेनापति थापाद्वारा पुरै समय अनुष्ठान गरी टिका तथा प्रसाद ग्रहन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *