यूवा व्यवसायीको लगानीमा चरिकोटको अदिती कम्लेक्समा ‘सुपरमार्ट’

 पब्लिक संवाददाता      बिहिबार, फाल्गुन २९, २०७६      0

दीपशंकर चौलागाई
दोलखा २९ फागुन । दोलखाका यूवा व्यवसायीको लगानीमा पहिलो पटक ‘सुपरमार्ट’ सुपरनाइन मार्ट सदरमुकाम चरिकोटका सञ्चालनमा भएकोछ ।
बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सबै सामाग्रीहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यका साथ चरिकोटको अदिती कम्लेक्समा आजबाट मार्ट संञ्चालन गरेको हो ।
दोलखामा बजार विस्तारसँगै मार्टको आबस्यक रहेको सवैको माग आएकोले मार्ट स्थापना गरिएको लगानीकर्ता दोलखा उद्योग बाणिज्य संघका निर्वमान अध्यक्ष सुन्दर कार्कीले बताए
अर्का लगानीकर्ता एवम दोलखा उद्योग बाणिज्य संघका सदस्य बलराम थापाले मार्टलाई दोलखाका नौ ओटै स्थानीय तहमा शाखा विस्तार गरि मार्ट मार्फत दोलखामा उत्पादन भएका घरेलु सामाग्रीहरुलाई समेत प्रवद्र्धन गर्ने कोशेली घर समेत राख्ने बताए ।
‘सुपरमार्ट’ का अर्का लगानी सुरेश उप्रतीले भने घरमा चाहिने सवै सामान मार्टमा पाइने गरि सेवा सुविद्या उपलब्ध गराएका छौ । उनी भन्छन दोलखा घुम्न आउने पर्यटकहरुले दोलखाको कोशेली स्वरुप त्यहाँ उत्पादन भएका घरेलु सामाग्रीहरु सुपथमुल्यमा लिन पाउने छन् ।
‘सुपरमार्ट’ को अरु लगानी कर्ताहरु दिनेश बस्नेतदिनेश पाठक, श्यामकृष्ण कायस्थ, शंकर अधिकारी, हिमाल न्यौपाने र राजन थापा रहेका छन् ।
यूवा व्यवसायीको डेड करोड लगानीमा सञ्चालनमा आएको ‘सुपरमार्ट’ को भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले उद्धघाटन गरेका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *