दोलखा २९ फागुन ।सरकारी जग्गा कब्जा गरि अनियन्त्रित रुपमा घर टकरा बनाउने लाई कारर्वाही गर्ने निकाय नहुदा धार्मिक एवं पर्यटकीय महत्वको प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको भन्दै गएको छ ।
नेपाल सरकारकी भुमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रि पद्मा कुमारी अर्यालको ध्यान देशका बिभिन्न स्थान पुग्दा दोलखा तर्फ नजर समेत नलाएकोले कालिञ्चोक मन्दिर क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको हो ।
गत बर्ष देखी दोलखाको स्थानिय प्रशासनले नयाँ संरचना निर्माण गर्न रोक लगाए पनि कालिञ्चोक मन्दिर क्षेत्रमा अनियन्त्रित रुपमा होटल लगायतका संरचना दिन प्रतिदिन बन्दै गएको स्थानिय बुद्धी बहादुर तमाङ बताउनुभयो । उहाँ भन्नु हुन्छ ‘ सरकारी जग्गा कब्जा गर्नेलाई कार्वाही गर्ने निकाय बनाउन सरकार ।’
जिल्लाकोे उच्चस्तरीय छलफलले कालिञ्चोक क्षेत्रमा अनियन्त्रित रुपमा बनिरहेको संरचनाले कालिन्चोक क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको भन्दै नयाँ संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको उनले जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो धार्मिक एवं पर्यटकीय महत्वको प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा स्थानिय प्रशासनले नयाँ संरचना निर्माणमा रोक लगाउने निर्णयको उपहास भएको छ ।
दोलखाका सांसदहरु्, जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायका प्रतिनिधिहरुले कालिन्चोकको कुरी तथा घ्याङडाँडा क्षेत्र अव्यवस्थित रुपमा भएको निर्माण तत्काल रोक्न गरेको निणर्य कागजमा मात्र सिमित भएको उहाँले आरोप लगाउनुभयो ।
कालिञ्चोक क्षेत्रको जमिनको स्वामित्वको बारेमा भएको विवाद भने कायमै रहेको छ । हाल गुठी संस्थान, वन कार्यालय, गौरीशंकर संरक्षण क्षेत्र तथा स्थानीय निकायहरुबिच त्यहाँको स्वामित्वको बारेमा विवाद हुँदैआएको छ । कालिञ्चोक दर्शन प्रालिले गुठी संस्थानबाट अनुमती लिई केबलकार निर्माण गरेपछि स्वामित्वको विवाद हुँदैआएको थियो ।
‘
Leave a Reply