त्रास फैलिएले नागरिकलाई सचेत रहन जिप्रका दोलखाको आग्रह

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन २३, २०७६      0

दीपशंकर चौलागाई

दोलखा २३ फागुन । जिल्ला प्रशासन कार्यालयले दोलखाले शुक्रबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोविड–१९) को संक्रमणको त्रास फैलिएले नागरिकलाई सचेत रहन आग्रह गरेका छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिममा राखेकाले सचेत रहन अनुरोध गरिएको हो ।
गृह मन्त्रालयको निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार जारी गरेको सूचनामा अर्को सूचना नहुन्जेल सम्मका लागि सामुहिक रुपमा भेला, मेला,महोत्सव, सभा,सम्मेलन, होली लगायतका पर्व आयोजना नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठले जानकारी दिए ।
संक्रमणबाट जोगिन सचेतना अनपाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *