अव्यवसायिक गिरोहको दुष्चक्रमा व्यवसायिक प्रहरी डीआईजी पोखरेल

 पब्लिक संवाददाता      बिहिबार, फाल्गुन २२, २०७६      0

। हालसालै भएको एआईजी बढुवामा समेत उनको चर्चा हुनुले प्रहरी संगठन र गृह मन्त्रालयमा समेत उनको राम्रै प्रभाब भएको अनुमान लगाऊन सकिन्छ । कुनै पनि व्यक्ति आफैमा पूर्ण भने हुदैन, त्यसैले उसको मुल्यांकन गुण र दोषका आधारमा गरिनु पर्छ ।

व्यक्ति कतै न कतै चुकेकै हुन्छ, अहिले आफु जता जाँदापनि संगै लिएर हिड्ने प्रहरीको कमाण्ड नै गिरोहको रुपमा विकशित भएपछि उनलाई टाउको दुखाईको विषय बनेको छ । डिआईजी पोखरेलको नाम भजाएर शक्तिको दुरुपयोग गर्नेमा एसपी रेवती ढकाल, निरिक्षक नकुल गौतम, असई भीमसेन आचार्य र हवल्दार देबेन्द्र बस्नेत लगायत छन् ।

कतिपय प्रहरी कर्मचारी कहिले काहिँ वर्दीको गलत प्रयोग गर्दै आफ्नो स्वार्थका लागि काम गरिरहेका हुन्छन् । यस्तै आरोपको पात्र बनेका छन् हाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरी आएका एसपी रेवती ढकाल । पर्साबाट गत जेठमा प्रहरी प्रधान कार्यालय मातहतको साइबर अपराध महाशाखामा सरुवा भएका एसपी ढकालले पर्सा प्रहरी प्रमुखलाई शंकाको दृष्टिकोणले हेर्ने गरिएको बताएका थिए तर अहिने उनै ढकाल नै शंकाको घेरामा परेका छन्। त्यसाे त बढुवा हुँदा ताका समेत ढकालका समकक्षीहरू याेग्य हुँदा हुँदै पनि दलबलकाे प्रभावमा नियत गलत भएका नै माथि पर्ने गरेकाे र याे तिताे यथार्थ भएकाे बताउँछन् ।

समय समयमा बिबादित बन्ने एसपी रेवती ढकाललाई कोटेश्वरको प्रहरी प्रभागको भवन निर्माणको विषयमा समेत मनोमानी गरेको आरोप लाग्न थालेको थियो । कोटेश्वरको प्रहरी प्रभाग भवन निर्माण गर्दा संगैको व्यक्तिगत जग्गालाई जोगाएर उक्त जग्गाधनीसंग चौकीको नाममा सहायोग रकम लिई आफुले व्यक्तिगत रुपमा समेत पैसा लिएर सम्पूर्ण रकम फरफारक नगरी एकलौटी ढंगले उद्घाटन समेत गराएकॊ स्थानिय बताउँछन् ।

नियमानुसार सम्पूर्ण काम पुरा भएर जिम्मा लिई उद्घाटन हुनु पर्ने भवन ढकाल र भण्डारीले आफ्नाे व्यक्तिगत चर्चाका लागि मनोमानी ढंगले उद्घाटन गरेको निकट श्रोत बताउँछ । उसो त ढकालले सरकारको धज्जी उडाउने र खुलेआम राजनैतिक विचार व्यक्त गर्दै हिड्ने गरेको आरोप पुरानै छ । आफ्नो पद बढुवा गर्न आफु अनुकुलका राजनैतिक तथा प्रहरी भित्रकै शक्ति केन्द्र धाउने गरेको ढकाल निकट श्रोतको भनाइ छ ।

ढकाल पर्सा जानु अघि महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरमा कार्यरत थिए । काठमाडौँ बाट सरुवा भएर पर्सा पुगेपछि ढकालको धेरै आलोचना भयो । पर्साको वीरगञ्जमा ढकालको कार्यकालमा महिला हिंसा, हस्पिटल तोडफोड, जबरजस्ती करणी, सीमा नाकाबाट विभिन्न सामग्रीको तस्करी लगायतका घटनाहरु बढेर आएको गुनासो स्थानीयले गरेका थिए । त्यस्ता गैरकानूनी घटना घटिरहेको अवस्थामा घटना न्युनीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले खासै चासो नदेखाएकाे भन्दै स्थानीयले ढकालकाे बिराेध गरेका थिए ।गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर पीडितलाई शान्ति, सुरक्षा तथा अमनचयनको महसुस गराउन खटिनुपर्ने प्रहरीले नै त्यस्ता घटनाप्रति चासो नदेखाएकाे, कतिपय घटनाको बारेमा जाहेरी दीइसक्दा पनि प्रहरीले अपराधीलाई कारवाही नगरी मुकदर्शक भई बसेको भन्ने समेतकाे आराेप ढकाल माथि थियो । यसो हुनुमा पर्साका तत्कालिन प्रमूख प्रहरी उपरिक्षक रेवती ढकालको फितलो प्रशासनिक क्षमता, संवेदनशील घटनाहरुप्रतिको बेवास्ता र व्यक्तिगत आर्थिक लाभका लागि तस्करहरुसँग मिलेमतो गरी सीमाक्षेत्रका गैरकानूनी गतिविधिमा निगरानी नगरेकाे स्थानीयको आरोप थियाे।

पर्साको एक हस्पिटलमा उपचारको क्रममा एक नाबालकको मृत्युपछि मृतकका आफन्तहरुले उपचारमा लापर्वाही गरेको आरोप लगाउँदै हस्पिटलको तोडफोड गरेका थिए। अख्तियार प्राप्त निकायका प्रमूख प्रहरी उपरिक्षक रेवती ढकालले आफ्नो कर्तव्य ईमान्दारी तथा निष्ठापूर्वक पालना नगरेको आरोप लगाउँदै अनुसन्धानका लागि पक्राउ परेकालाई हिरासतमा नराखि बिना कानूनी आधार रिहा गरेर प्रचलित कानून प्रतिकुलको कार्य गरेको भन्दै ढकाललाई कारवाहीको माग गर्दै गृहमन्त्रालयमा उजुरी समेत दिएको थियो ।

महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरमा हुँदा ढकालले सुवेदार मेजर बनाएर राखेका सइ नकुल गौतम जो अहिले इन्स्पेरक्टर छन् उनलाई ढकाल पर्सा गएपछि सँगै मिलाएर पोखरीया भन्सारमा राखेर गैरकानूनी गतिविधि गर्ने गिरोहसँग मिलेर पैसा कुम्ल्याउने गरेको समेत गरेको बताइन्छ । काठमाडाैँमा नै हुँदा गाैतमले ढकालकाे इसारामा पैसाकाे चलखेल गरी पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीकाे घरमा टाँस्न पठाइएकाे पुर्जी नटाँस्ने समेतका काम गरेकाे श्राेत बताउँछ।

ढकालले वर्तमान सरकारका प्रधानमन्त्री लगायतका नेता भ्रष्ट भएको भन्दै प्रहरीको मर्यादा विपरित सरकारको कटु आलोचना गर्दै खुलेआम राजनैतिक बहस गर्ने, आफु डेमोक्रेट हुँ भन्दै झैझगडा गर्ने गरेको समेत खुलेको छ । सरकार विरोधी गतिविधि संचालन गर्नका लागि गृह मन्त्रालय भएका बेला ढकाल कै निर्देशनमा गौतमले अति संबेदनशील सूचनाहरु कांग्रेसका नेताहरुको दैलो दैलोमा लगेको आरोप समेत छ । ढकालकै गिरोहका सदस्य प्रहरी निरिक्षक नकुल गौतमको पारिवारिक राजनीतिक तुषको फाईदा उठाउदै ढकाल-गौतम समूहले प्रचण्ड-केपी विरुद्ध लफ्फाजी गर्दै आएका छन् ।

नकुल गौतमको घर काभ्रेपलान्चोक जिल्ला हालको चौरी-देउराली गाउँपालिका हो, तात्कालीन विद्रोही माओबादी विरुद्ध सुराकी गर्ने गरेको, सेनासंग मिलेर इमान्दार माओबादी कार्यकर्तालाई सक्न लागिपरेको कुरा पुष्टि भएपछि माओबादीले स्थानीय कांग्रेस कार्यकर्ता कृष्ण प्रसाद गौतमको सफाया गरेको स्रोतको दाबी छ । प्रहरी निरिक्षक गौतम उनै सफायामा पर्ने कृष्णका छोरा हुन् । त्यहि समयको ईगोलाई भड्काएर गौतमलाई माओबादी नेता कार्यकर्ताका विरुद्ध लाग्न नेपथ्यबाट ढकालद्वारा संचालित समुहले उक्साहिरहेको स्रोतले बतायो । असइ भिमसेन आचार्य रक्तचन्दन तस्करसँग मिलेको आरोपमा वर्खास्त भएपछि पुनः मुद्दा जितेर बहाल भएका छन्, ढकालले उनै आचार्यको प्रयोग गरी प्रहरीमा विश्वराज पोखरेल गुटकाे हवाला दिँदै आन्तरिक रुपमा दादागरि र तस्करी समेत गर्ने गरेको खुलेको छ । उनीहरुले पोखरेलको नाम समेत बेचेर सरुवा बढुवा मिलाउने भन्दै ठुलै रकम असुल्ने गरेको स्रोतले कान्तिपथलाई बतायो ।

ढकालले संचालन गर्ने गिरोहले पशुपति ट्रान्सपोर्ट लगायत अन्य ब्यापारिक घरानालाई दबाब दिएर मासिक रकम असुल्ने सूचना प्राप्त भएको छ । जमिनमा माटो समात्ने जरा गतिलो नभएपछि काण्ड जतिसुकै दह्रो र मोटो भएपनि कुनै काम छैन, यो भनाई डीआईजि पोखरेलको हकमा चरितार्थ भएको छ । सायद सर्वाधिक चर्चामा रहेको उनको एआईजी बढुवा यस्तै दुषित जराहरुका कर्तुत र प्रकरणले रोकियो ।

यसैबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसपी रेवती ढकालको नेतृत्वमा पर्फमेन्स अडिट टिम गठन गरेको छ । यो समितिले प्रहरी आचरण तथा व्यवहारको मुल्याङ्कन र आर्थिक अनियमितता लगायतका विषयमा सुक्ष्म निरीक्षण र मुल्याङ्कन गर्ने छ । रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरलेलले प्रहरी आचरणविरुद्धको कामकारवाही गर्नेविरुद्ध यो समिति कडा रुपमा प्रस्तुत हुने र दोषीलाई ‘अन द स्पट’ कारवाही हुने बताए ।

यो समितिले प्रहरीभित्रको कार्य सम्पादन मुल्याङ्कनको समेत आधार तयार गर्ने उनले बताए । प्रहरीको साइवर व्यूरोबाट सरुवा भएर आएको भोलिपल्टै एसपी ढकालले महानगरीय प्रहरी कार्यालयमा अनुमगन र मुल्याङ्कन समितिको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । सबैतिर काम गर्दा विवादास्पद छबि बनाएका ढकालले गरेको मुल्यांकन कत्तिको तथ्यपरक र वैज्ञानिक हुने त्यो पनि प्रहरी संगठन भित्र गरमागरम बहसको विषय बनेको छ । प्रहरीको उपल्लो दर्जाको अधिकृतको सरुवा हुँदा आमरुपमा भैरहेको संगठनलाई गएर नेतृत्व दिने हो तर जता जाँदा पनि बिरालोले बच्चा सारेझै जत्था नै बोकेर जानुको के अर्थ हुन्छ ? भाबी प्रहरी प्रमुख (आईजीपी)का रुपमा हेरिएका पोखरेलले स्वार्थ केन्द्रित समूहको कोपोभाजनमा परेर आफ्नै कद घटाउनु सर्वथा निन्दनीय हो ।

कान्तिपथ अनलाइन बाट सभार

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *