दोलखा १९ फागुन । नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा भएकोले ६९ वर्षपछि दोलखाको मेलुङमा पुर्नस्थापित भएको छ ।
२००७ सालमा प्रजातन्त्र उदयपछि विभिन्न कारणले छोडेर हिँडेको नेपाली सेना हाल आएर चरिकोटस्थित तारादल गणको एउटा टुकडी मेलुङ गाउँपालिकाको मेलुङमा पुर्नस्थापित भएको हो ।
मेलुङ गाउँपालिका ६, मेलुङस्थित टुँडिखेलमा नेपाली सेनाको तारादल गणको एउटा टुकडी पुर्नस्थापित भएको मेलुङ गाउँपालिका ६ का वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिनुभयो । नेपाली सेनाको तारादल गणको मेजरको कमाण्डमा टुकडी रहने जानईएको छ ।
मेलुङमा तैनाथी पुर्नस्थापित भएको बारे जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भने लिखित जानकारी नभएको बताए ।तत्कालीन सिन्धुली, रामेछाप र दोलखा जिल्लाको अड्डा रहेको मेलुङमा प्रजातन्त्रको उदय विभिन्न कारणले सेना विस्थापित भएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । ६९ वर्षअघि सेनाले छोडेर भए पछि नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा आसपासका कतिपय भूमि अतिक्रमण समेत भइसकेको मेलुङ गाउँपालिकाको तथ्याङ्क उल्लेख छ । अतिक्रमण गरी बस्ती, बजार र विद्यालय निर्माण भएको वडाध्यक्ष लामाले जानकारी दिए । सेनाले ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने गरी मेजरको कमाण्डमा करिब ८४ जनाको समूह रहनेछन् जानकार िआफुलाई आएको लामाले बताउनुभयो । ।
हाललाई अस्थायी रुपमा क्याम्प स्थापना गरिने तारादल गण चरिकोटका कर्मचारीले बताएकाछन । २०७४ सालमा नेपाली सेनाको रणभीम गणले मेलुङको जग्गा र चरिकोटस्थित वनको जग्गाको भोगचलन सट्टापट्टाका लागि लेखापढी गरिएको भए पनि तारादल गणले सट्टापट्टा नगरी मेलुङमा नै अस्थायी क्याम्प पुर्नस्थापित गरेको हो ।
२०१२ सालदेखि मेलुङ गाउँपालिका ६ (साविक मेलुङ गाविस ८) मा कित्ता नं. ७१८, ७१९, ७२० र ७२१ तथा सोही वडा (साविक डाँडाखर्क गाविस १) को कित्ता नं. १४४ गरी कूल ३५३३० बर्ग्मिटर जग्गा नेपाली सेनाको नाममा दर्ता कायम रहेको मालपोत कार्यालय दोलखाको तथ्याङ्क रहेको छ ।
Leave a Reply