दोलखा १९ फागुन । दोलखामा बुधबार देखि सुरु हुने भनिएको दोलखा महोत्सव स्थगित भएको छ । सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाउँदै सभा, सम्मेलन र समारोह नगर्न निर्देशन दिएपछि दोलखा महोत्सव तत्कालका लागि स्थगित भएको हो ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले दस दिने दोलखा महोत्सव र लगानी सम्मेलन दुबै स्थगित भएको बताए । दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले महोत्सवका आयोजकलाई माथिको निर्देशन भन्दै महोत्सव आयोजना नगर्न निर्देशन दिएका थिए । प्रजिअ शर्माले आयोजक दोलखा उद्योग वाणिज्य संघका पदाधिकारीलाई कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिएकोले सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाएमा हामीले एक्कैबद्धता जाहेर गरेको श्रेष्ठले जानकारी दिए ।
सरकारको निर्णयपछि दोलखा महोत्सव उद्धघाटनका लागि आउने भनिएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलकोे पुर्व निधारित कार्यक्रम रद्ध भएको छ ।
Leave a Reply