मुख्यमन्त्री राई मेरा पति हुन्, अंश पाऊँ भन्दै मुद्दा दायर

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन १६, २०७६      0

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्।

उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन्।

मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् ।

खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन्। साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन्।

राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।

राई मुख्यमन्त्री भैसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छिन्।

सेताेपाटी बाट सभार

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *