दोलखा शैक्षिक सम्मेलन फागुन २२,२३ मा हुने

 पब्लिक संवाददाता      बिहिबार, फाल्गुन १५, २०७६      0

दीपशंकर चौलागाई
दोलखा १५ फागुन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागी शिक्षा विकास तथा समन्वय इकाई दोलखाले शैक्षिक सम्मेलन गर्ने भएको छ ।
दोलखा जिल्लाका ३ सय ४७ समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहने शैक्षिक सम्मेलन फागुन २२ र २३ गते दोलखाको सदरमुकाम चरिकोटको सिमपानी हलमा हुने छ ।
शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठले पत्रकार सम्मेलन गर्दै ३ सय ४७ समुदायिक विद्यालयका प्रधानाध्यापकहरु ,प्रत्यक पालिकामा शिक्षा इकाई हेर्न वडाअध्यक्ष , पालिकाका शिक्षा शाखाका प्रमुख र पेशागत संघ सगठनका प्रतिनिधिहरुको फागुन २२ र २३ शैक्षिक सम्मेलनमा सहभागीता हुने बताए ।
इकाइ प्रमुख श्रेष्ठर्ले शैक्षिक सम्मेलनमा प्रमुख आतिथ्यता नेपाल सरकारका शिक्षा मन्त्रि गिरिराज मणी पोखरेलले गर्ने छन । ’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *