चार वटा काला बोकाको वली , पूजाको प्रसाद आज (बुधबार) राष्ट्रपतिको मा पु¥याइने

 पब्लिक संवाददाता      बुधबार, फाल्गुन १४, २०७६      0

दोलखा, १४ फागुन । गृहमन्त्रालय र स्थानिय सरकारले चार वटा काला बोकाको वली पुजा गरि क्षमापूजा गरेकाछन ।
पूजा गरेको प्रसाद आज (बुधबार)राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।
गृहमन्त्रालय तर्फबाट दुई वटा र स्थानीय सरकारको तर्फबाट दुई गरि चार वटा बोकाको वली पुजा गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।
भीमेश्वर मन्दिरमा रुद्री पाठ गरि सरकारको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले पूजा गरेका श्रेष्ठले जानकारी दिए ।
भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि राष्ट्रपति कार्यालयवाट कालो बोकाको बलि सहित क्षमा पूजा गर्ने प्रचलन अनुसार क्षमापूजा गरिएको छ । पसिना आएको कपास राष्ट्रपति बिद्यादेवि भण्डारी समक्ष पु¥याएर पछि गृहमन्त्रालय तर्फबाट दुई वटा कालाबोका पठाएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए ।
शर्माले भने राष्ट्रपति भण्डारीले महाप्रसाद ग्रहण गरि पूजाका लागि भेटी समेत पठाउन भएको छ । पूजा गरेको प्रसाद बुधबार राष्ट्रपति कार्यालय पठाईने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्र प्रमुखको तर्फवाट क्षमा पूजा गर्ने चलन छ । स्थानीय सरकारको तर्फबाट पनि दुई वटा बोकाको वली पुजा गरि क्षमापूजा गरिएको छ ।
भीमेश्वरको शिलामा फागुन ८ गते विहिबार विहान ६ बजे २५ मिनेट देखि ८ बजेर २५ मिनेटसम्म पसिना आएपछि ९ गते राष्ट्रपति कार्यालयमा महाप्रसाद पु¥याईएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *