निरंकुशता चिर्ने तागत भएकाे शक्ति नेविसंघ :बर्मा लामा

 पब्लिक संवाददाता      मङ्लबार, फाल्गुन १३, २०७६      0

नेपाली कांग्रेस दाेलखाका नेता बर्मा लामा मुलुकमा भएका निरंकुशताकाे अन्त्य गर्दै नागरिक लाई परिर्वतन अाभाष गराउने तागत नेपाली बिद्यार्थी संघकाे मात्र भएकाे बताउनु भयाे ।

नेता लामाले देशमा बढ्दै गएकाे भ्रष्टाचार निर्मूल पार्न कम्युनिष्ट अधिनायकवादकाे अन्त्य गर्न बिद्यार्थीहरू लाग्नु धारणा ब्यक्त गर्नु भयाे ।

आफुलाइ गाह्रो लाग्ने विषयहरुमा गम्भीर भएर अध्यन गर्न विद्यार्थीलाई शुभकामना दिएका छन्।नेपाली कांग्रेसका महासमिति सदस्य बाबू काजी बस्नेतले शैक्षिक बेरोजगारी घटाउन याे देशमा प्रजातन्त्रवादीहरू जित अपरिहार्य रहेकाे बताउनुभयाे ।
साेही कार्यक्रममा नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष एवम दाेलखा कांग्रेसका युवा नेता राकेश श्रेष्ठले नेविसंघकाे नाम लिदा भ्रष्ट कम्युनिस्टकाे साताे जाने हुदा युवा बिद्यार्थीहरू शहरबाट फर्किएर गाउँ मा रहेका अधिनायकवादीहरू बढार्ने अभियानमा लाग्न अाबश्यक रहेको बताउनुभयाे।

तरूण शहिद हेमन्त प्रधान निशुल्क एसईई काेचिङग् कक्षा संचालनका संयाेजक राजन बस्नेत काे सभापतित्वमा भएकाे उद्घाटन समारोह मा जिल्लाभरका करिब डेढ सय बिद्यार्थी काे सहभागीता रहेकाे थियोे ।

नेविसंघ दोलखाले पन्ध्रौं वर्ष देखी आर्थिक अवस्था नाजुक भएका,जेहेन्दार,र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निशुल्क कोचीङ पढाउने गरेको कोचिक कक्षा संयोजक बस्नेतले बताउनुभयााे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *