दोलखा १२ फागुन । । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा कार्यरत कर्मचारीको कारण असार मसान्तसम्म पनि विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ ।
राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको आयोजना जति लम्ब्याउदै गयो त्यति आफुुलाई आर्थिकरुपमा फाइदा हुने कारण आयोजनाले यो समस्या पटक पटक झेल्दै आएको हो ।
तिन बर्ष अघि देखी सर्बसाधरण नागरिकलाई ढाँट्दै प्रत्येक बर्षको असार मसान्तमा पुरा हुन्छ भन्दै आप्mनो जागिर लम्ब्याउने खेतीमा कर्मचारीहरु लागेको नागरिक समाजका अगुवाहरुकोले आरोप लगाएकाछन ।
यस पटक पनि २०७७ असार मसान्तमा बिद्युत उत्पादन हुन्छ भन्ने ढाँट्को खेती गरिरहेको नागरिक अगुवा भविन्द्र कार्की भन्नु भर्यो जनताले बुझाएको राजस्वको उपहास गर्दे तामाकोशी जलबिद्युत आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएकाछन ।’
उहाँले भन्नु् भयो जनताले खाई नखाई जमेर्ना गरेको शेयर रकमको समेत वेवस्था गरिएको छ । आयोजनाको कठिन काम मानिएको तल्लो भर्टिकल साफ्ट तथा माथिल्लो भर्टिकल साफ्टमा पेन स्टक जडानमा भएको ढिलाइ भईरहेको छ ।
यता दोलखाली जनताले नबुझेर आफुहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले दाबि गर्नुभयो । उहाँ भन्नु हुन्छ पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा ब्यबधान नआए २०७७ असार मसान्त भित्र बिद्युत उत्पादन हुन्छ । उहाँ दाबाका साथ भन्नु हुन्र्छ बैशाख महिना भित्र पेन स्टक जडानमा गरिसक्ने छौ । ’
आयोजनाको स्थलगत अनुगन गर्दा असार मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको हो । गत असार १ बाट तल्लो भर्टिकल साफ्टमा तथा माथिल्लो भर्टिकल साफ्टमा असार १० बाट पेनस्टक जडान गर्न शुरु गरिएकोमा नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक जडान सम्पन्न हुनुले असार मसान्तसम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यवहारिक रुपमा पनि असम्भव देखिएको छ ।
आयोजनाको लागत ७५ अर्ब माथि पुग्ने प्रवक्ता न्यौपानेका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करिब रू.५० अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना पुरा हुँदा आयोजनाको लागत रू.७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताए । समग्रमा आयोजनाको प्रगति ९९ दशमलब ४ प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फागुन १२ गते सम्ममा ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा २२० मिटर र ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा १३० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो ।
लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इञ्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्द्रिजबीचमा त्रिपक्षीय सम्झौता भइ तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानको काम एन्द्रिजलाई दिइएको थियो भने माथिल्लो भर्टिकल साफ्टमा टेक्सम्याकोले नै पेनस्टक जडानको काम गरिरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
सुरुङ तथा पेनस्टकको परीक्षण सफल गरि असार मसान्त सम्ममा विद्युत् गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन सुरु गर्ने र बाँकी पाँचै वटा युनिटमा गर्दा असोज महिना लाग्ने उहाँले दाबि गर्नुभयो ।
Leave a Reply