डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यू

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन ९, २०७६      0

दोलखा ९ फागुन । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिकामा ९ सुन्द्रावती का ९ बर्षिय पुजन थामीको यात्रुबाहक बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीमा यात्रुबाहक बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो ।
सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो ।  शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवालिकाको समूहलाई बसले डोरी सहित लतार्दा पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको स्थानियवासीले बताएकाछन ।
मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *