दोलखा, ८ फागुन । दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेको प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा १५ औं पटक पसिना आएको छ । पसिना आउँदा मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्रप्रमुख, राष्ट्र तथा जनतामा अनिष्ट हुने जन विश्वास रहि आएको छ ।
भिमसेनलाई बाँया भागमा पसिना आउँदा मुलुक र दाँया भाग बाट पसिना आउदा जनतामा अनिष्ट हुने बिश्वास रही आएको छ । यस पटक सुरुमा बाँया बाट आएको पछि एक घण्टा पछि दाँयाबाट पनि आएको मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले बताए ।
मुलक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित बाजाहरु बजाई पसिना कपासाले पुछ्ने प्रचलन रही आएको पुजारी श्रेष्ठले जानकारी दिए । उनले भने‘ बिहाना साँढे पाँच बजे आउदा सामान्य भिजेरको जस्तो लाग्यो , भक्तजनहरुले नरिवाल फुटाएर पानी हालेको की भन्नेमा परेँ कसैलाई खबर पनि गरिन । पछि झन झन पानीका फोका बनी पसिना आउन लागेपछि ६ बजेर २५ मिनेट जाँदा हरुलाई खबर गरेको हुँ ।’ पुजारीले भने । उनी भन्छन पसिना दुई घण्टा सम्म निरन्तर आयो ।
भिमेसनको शिलामा पसिना आएपछि स्थानीय प्रशासनका प्रमुख ,सेना ,प्रहरी र स्थानियवासीहरुको बाक्लो भिड लागेको छ । पुजारीहरु रभीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका स्थानियहरु भेला भएर घण्टा, नगरा, बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने प्रचलन रहेको छ । शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताउदै स्थानिय युवा समाज सेवि भरत नारायण प्रधानले भने ‘ शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई रुपले दिने गरिन्छ ।’ यो कपास प्रसादका रुपमा घर तथा व्यक्तिले राखेको खण्डमा अनिष्ट नहुने जनविश्वासका साथ कपास लिनेको भिड लाग्ने गरेको प्रधानले बताए ।
यसअघि २०७० साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक पसिना आएको थियो । भिमसेनलाई पसिना आएको करिव दुई बर्ष पछि २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएर करिव ९ हजार मानिसको मृत्यु भएको थियो ।
भिमसेनलाई १५ औं पटक पसिना आएको छ । भिमसेनको शिलामा पसिना आउनुलाई ठूलो परिवर्तन वा अनिष्टको सूचक मानिन्छ । पसिना आउँदा मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्रप्रमुख, राष्ट्र तथा जनतामा अनिष्ट हुने जन विश्वास रहि भीमेश्वर नगरपालिकाका २ का वडा अध्यक्ष बिराज श्रेष्ठले बताए । भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका छन् । शिलामा पसिना आएपछि राजदरवारलाई हानि पुरयाउने बिस्वास स्वरुप पुछिएको कपासलाई पहिले दरवार पठाउने गरे पनि गणतन्त्र आए पछि २०६४ जेठ ५ गते पसिना आउँदा प्रधानमन्त्रि कार्यालयमा पुराएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने २०७० सालमा पसिना आउँदा पसिना पुछिएको कपासलाई ‘महाप्रसाद’ को रुपमा राष्ट्रपतिलाई पठाईएको थियो ।
धार्मिक व्यक्तित्व शान्तकृष्ण श्रेष्ठले भने १९९० सालमा भिमेसनलाई पसिना आउँदा महाभूकम्प आयो । उनी भन्छन १९९७ सालमा चार जना सहिदलाई फाँसि दिईएको थियो ।यस्तै, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य, २०११ मा पसिना आएपछि २०१३ सालमा राजा त्रिभुवनको मृत्यु भएको थियो । यसैगरी २०१८ मा बाढि पहिरो, २०२८ मा राजा महेन्द्रको मृत्यु, २०३५ मा जनमत सँग्रह, २०४५ मा पसिना आए पछि २०४६ सालमा प्रजातन्त्र पुर्न वहाली भयो । २०५७ सालको माघ १ र १५ गते गरी एकै महिना दुई पटक भिमसेनलाई पसिना आएको थियो । त्यसको दुई बर्षपछि राजा बिरेन्द्रको पुरै बँश नाश भएको श्रेष्ठले बताए ।
२०६१ सालमा पसिना आएको एक बर्ष पछि २०६२र६३ को जनआन्दोलन भएको थियो । यस्तै, २०६४ साल जेठ ५ गते पसिना आएको एक बर्ष पछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य भई मुलुकमा गणतन्त्र घोषणा भएको थियो । २०७४ साल असोज १० गते पनि दिउँसो २ बजेट ५५ मिनेट जाँदा पसिना आएको श्रेष्ठले बताए ।
Leave a Reply