‘डिही फस्मी एकिकृत बस्ती’ को शिलान्यास, छानाे प्रदेश सरकारले दिने

 पब्लिक संवाददाता      बुधबार, फाल्गुन ७, २०७६      0

दीपशंकर चौलागाई
दोलखा ७ फागुन । दोलखाको अन्नभण्डारका नामले परिचित भिमेश्वर नगरपालिका ४ जिलुमा रहेको ‘डिही फस्मी एकिकृत बस्ती’ को बाग्मती प्रदेशका आर्थिक मन्त्रि कैलाश ढुङगेलले शिलान्यास गरेकाछन ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखा,बाग्मती प्रदेश र भीमेश्वर नगरपालिकाको सहयोग र समन्वयमा डिहीमा ७५ र फसिभैँमा १०८ गरी १८३ वटा घर निमार्ण कार्य सुरु भएको हो । मन्त्री ढुङगेलले स्थानीय देवी देवी प्रसाद चौलागाईको घर जग राखी शिलान्यासका गरेका थिए ।
उनले एकिकृत बस्तिको लागी ३ नम्बर प्रदेश सरकारले १८३ वटै घरको छानो लागी सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
राष्ट्रिय पुर्न्िनर्माण प्राधिकरणबाट आर्थिक वर्ष २०७३/०७४ मा डिही ब्लक ‘क’ र फसिभैँ ब्लक ‘ख’ को लागि स्वीकृत भएको बस्तिमा ५० लाख निकासा भएको बताउदै भीमेश्वरनगर पालिका ४का वडा अध्यक्ष हरिबंश चौलागाई भने सो बजेटले सडक ट्रयाक निर्माण लगायतका कार्य गरेका छौं ।
उनले भने आर्थिक वर्ष २०७५/०७६ मा राष्ट्रिय पुर्न्िनर्माण प्राधिकरणबाट ७ करोड ३२ लाख बजेट बिनियोजन गरेको थियो । ठेक्का बाट फसिभैँ र डिही ब्लकमा सडक, बाउण्ड्री वाल, पक्की नाला, ढल, लगायतका निर्माण सम्पन्न गरिएको चौलागाईले बताए । साथै सोही आर्थिक वर्षमा ठेकेदारबाट ठेक्का घटेको रकमसहित उपभोक्ता समितिले निर्माण कार्य गर्ने गरि १ करोड ५५ लाख प्राधिकरणले उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा बस्तिका लागि डिपिआर तयार भई स्वीकृत भएको थियो । अधिकांश घरहरु यसै वर्षमा निर्माण हुने र बाँकी घरहरु २०७७ सम्ममा निर्माण गरिने लक्ष्य राखिएको वडा अध्यक्ष चौलागाईले बताए । चौलागाई भन्छन एकिकृत बस्ति प्रत्येक घर एकै रङका हुने र हेर्दा अग्लो होचो देखिएतापनि एउटै शैलीको हुनेछन । साथै प्रत्येक संस्कृतिको जर्गेना र वातावरणका लागि प्रत्येक घर अगाडि तुलसीको मोठ सहित ३ देखि ५ वटा रुख रोप्ने योजना रहेको उनले जानकारी दिए । ढिकी, जाँतो लगायतका स्थानिय प्रविधी सहितको घरहरु निर्माण हुने छन । जसले दोलखामा पर्यटन प्रवद्र्धन हुने र दोलखाको सुन्दरतालाई अझ सकरात्मक प्रभाव पार्ने उनको धारणा रहेको छ ।
प्रारम्भिक सर्वे तथा डिजाइन गर्न हुराडेक नेपाल दोलखा र सांसद क्षेत्र विकास कोषबाट आर्थिक सहयोग समेत प्राप्त भएको उपभोक्ता समितिका सचिव तारानाथ चौलागाईँले बताए ।
५ वर्षसम्म अस्थाइ कटेजमा जीवनयापन गरिसकेका भुकम्प पिडित स्थानिय वासिन्दाको एकिकृत बस्ति चाँडै सम्पन्न गराउन आफुअहेरात्र सहयोगको लागी खटिरहने नेकपाका बाग्मति प्रदेशका सचिब एबंम पुर्व पर्यटन मन्त्री आनन्द पोखरेलले कार्यक्रममा प्रतिबध्ता जाहेर गरे ।
नेपाली कांगे्रसका नेता केशव चौलागाई, भीमेश्वरनगरपालिका कि उप प््रमुुख    कमला बस््नेत,प््रमुुख जिल्ला अधिकारी भिमकान्त शर्मा,समाजसेबि रामजी प्रसाद चौलागाई , समाजसेवि रामकृष्ण केसी, समाजसेवि बिष्णु श्रेष्ठ, नेपाली कांगे्रसका स्थानिय नेता भोजराज चौलागाई,नेकपाका स्थानिय नेता श्याम बहादुर बस्नेत , एकिकृत बस्ती निमार्ण उपभोक्ता समितीका अध्यक्ष अर्जुन प्रसाद चौलगाई लगायतले शिलान्यास समारोहलाई सम्बोधन गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *