नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले बिहिबार एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले ध्यान आकर्षित भएको जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,’ माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’
‘`फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।’
‘ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो l हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ’
प्रवक्ता शर्माले `जिम्मेवार ढंगले कार्य गर्न´ कोइरालाले कुनै बेला दहाललाई दिएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै `जिम्मेवार अभिव्यक्तिका लागीपनि´ सजग गराएका छन् ।
Leave a Reply