केपी ओलीले गफ मात्रै हानेको पुष्टी, दुई बर्ष अघि नै तुइन विस्थापनको घोषणा, तर हुम्लीको दुःखु उस्तै

 पब्लिक संवाददाता      बुधबार, माघ २९, २०७६      0

सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो। हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन। कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर। यो खबर आजको कान्तिपुर दैनिकले लेखेको छ ।सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ । ‘पुरानो र धराप छ, तुइनबाट वारिपारि गर्दा भगवान्को नाम जप्छौं,’ स्थानीय काली विकले भनिन्, ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन्।’ कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन।खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्छन्।

अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन् । ‘हिउँदमा पनि नदीको पानी घट्दैन,’ उनले भनिन्, ‘घुमाउरो बाटो हिँड्ने दुःखले पैसा तिरेरै तुइन चढिरहेका छौं।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *