गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीकी पत्नीको मृत्यु (अपडेट)

 पब्लिक संवाददाता      सोमवार, माघ २७, २०७६      0

नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते अवस्थामा तेटिएकी मुनाको लतिलपुर स्थीत स्टार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आज विहान सानेपास्थित आफ्नै निवासमा मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।

कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ । कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा भेटिएकी थिइन । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *